Nepal Life

साताको कारोबारको अन्तिम दिन पनि नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 15:43
साताको कारोबारको अन्तिम दिन पनि नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्यो
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २.७३ अंकले घटेको छ। यसदिन नेप्से ०.१३ प्रतिशतले घटेर २००४.०५ विन्दुमा बन्द भएको छ।

NIMB

बिहीबारको बजारमा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३०२ वटा धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच भएको हो।

बिहीबार १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यसदिन तीन लघुवित्त कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। मनुषी लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९७ रूपैयाँ ८० पैसा कायम भएको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९९ प्रतिशत र गुराँस लघुवित्तको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ९४९ रूपैयाँ र एक हजार ९७६ रूपैयाँ कायम भएको छ।

पिपुल्स पावरको मूल्य सर्वाधिक ९.०५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको शेयर मूल्य ५५३ रूपैयाँ कायम भएको छ।
यस्तै, सर्वोत्तम सिमेन्टको शेयरमूल्य ५.८५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८४३ रूपैयाँ १० पैसामा झरेको छ।

बिहीबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ९१२ रूपैयाँमा २३ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशत घटेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०६ रूपैयाँ ३० पैसामा १८ करोड ३८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ। यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया