Nepal Life

जीवन बीमा कम्पनीमा १७.२ प्रतिशतले बढ्यो सरेण्डर, पुराना कम्पनीबाट नयाँ कम्पनीमा समर्पणको रोग सर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 23:59
जीवन बीमा कम्पनीमा १७.२ प्रतिशतले बढ्यो सरेण्डर, पुराना कम्पनीबाट नयाँ कम्पनीमा समर्पणको रोग सर्दै
Sanima Reliance

काठमाडौं । सरेण्डरको रोग पुराना जीवन बीमा कम्पनीबाट नयाँ जीवन बीमा कम्पनीमा सरेको छ । गएको वर्ष पुराना जीवन बीमा कम्पनीहरुको सरेण्डरमा व्यापक बृद्धि भएमा यस पटक नयाँ जीवन बीमा कम्पनीको सरेण्डर ३२७ प्रतिशतसम्मले बढेको छ । प्राथमिक शेयर निष्काशन अगाडी आफुलाई राम्रो देखाउन केहि कम्पनीले गरेका व्यवसाय यस पटकदेखि सरेण्डर हुन थालेका छन् । 

NIMB

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा १७ प्रतिशतले सरेण्डर बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड रुपैयाँ सरेण्डर भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा १४ अर्ब २७ करवड सरेण्डर भएको छ । समिक्षा अवधिमा नेपाल लाइफ, एशियन लइफ, महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफको सरेण्डर घटेको छ । तर आइएमई लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफमा सरेण्डर ह्वात्तै बढेको छ । आइएमई लाइफको सर्वाधिक धेरै ३२७ प्रतिशतले सरेण्डर रकम बढेको हो । आइएमई लाइफमा अघिल्लो आर्थिक वर्षमा २ करोड ४० लाख सरेण्डर भएकोमा गत वर्ष बढेर १० करोड २७ लाख रुपैयाँको सरेण्डर भएको छ । त्यस्तै सिटिजन लाइफको २७६ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँ समर्पण भएको छ ।

रिलायबल नेपालको पनि १८७ प्रतिशतले बढेर ७ करोड ८८ लाख रुपैयाँको सरेण्डर भएको छ । नेपाल लाइफको पनि ७६ प्रतिशतले सरेण्डर बढेको छ । नेशनल लाइफले एक अर्ब ४४ करोडको सरेण्डर भुक्तानी गर्नु परेको छ । यस पटक नेपाल लाइफको सरेण्डर रकम ४.५२ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ सरेण्डर गर्दा गत वर्ष ५ अर्ब एक करोडको सरेण्डर भएको थियो ।  

नेपाल बीमा प्राधिकरणले दुई वर्ष अगाडी सरेण्डर गर्न नपाउने अवधि तीन वर्ष पुर्याएको थियो । यसले गर्दा नयाँ बीमा कम्पनीहरुमा नियन्त्रणमा देखिएको थियो । तर पुराना बीमा कम्पनीहरुमा पुराना पुराना पोलिसी सरेण्डर भयो । तर यस वर्ष नयाँ मा पनि सरेण्डर हुने क्रम बढेको हो ।

जीवन बीमा कम्पनीहरुले टार्गेट पुरा गर्न, व्यवासाय धेरै देखाउन सरेण्डर गर्ने नियतका साथ बीमा गराउने गरेका छन् । तर प्राधिकरणले यस्तो विकृतिलाई नियन्त्रण गर्नैका लागि तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरिदिएको थियो । आर्थिक मन्दी सँगै कतिपय बीमितले बीमा शुल्क भुक्तानी गर्न नसकेर पोलिसी नै सरेण्डर गराएका छन् । नविकरण बीमा शुल्क भुक्तानी गर्नु भन्दा सरेण्डर गरेर पैसा फिर्ता लैजाने बीमितको संख्या पनि बढिरहेको छ । समिक्षा अवधिमा २७ प्रतिशतले सरेण्डर संख्या बढेको छ । प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा एक लाख ४ हजार वटा पोलिसी सरेण्डर भएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया