Nepal Life

कर्जा प्रवाहमा क्रमिक सुधार, उद्योग तथा यातायातमा सबैभन्दा धेरै कर्जाको माग

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 17:33
कर्जा प्रवाहमा क्रमिक सुधार,  उद्योग तथा यातायातमा सबैभन्दा धेरै कर्जाको माग
Sanima Reliance

काठमाडौं । शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंक लचिलो भएसँगै बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न थालेको छ । निक्षेप वृद्धिसँगै राष्ट्र बैंकले नीतिगत सुधार गरेपछि बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिन थालेको हो ।

NIMB

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९९ अर्ब ५० करोड
(४.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१२८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.६ प्रतिशत र ३५.४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.५ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.७ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १५.९ प्रतिशतले, नगद प्रवाह कर्जा २४.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.७ प्रतिशतले घटेको छ । 

नेपाल सरकारले बैंकहरुलाई स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थालाई यसै साताबाट हटाउने निर्णय गरे सँगै तथ्याङ्कमा देखिएको अधिक तरलतामा कमि देखिनेछ । सरकारले गएको भदौमा स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको थियो । 

लामो समयसम्म सुस्ताएको कर्जा विस्तार पछिल्लो समयमा बढ्न थालेको बैंकर्सहरु बताउछन् । डेढ वर्षयता बैंकहरूको कर्जाको विस्तार नकारात्मक थियो । केही महीनायता भने यो बढ्न थालेको छ राष्ट्र बैंकले जनाएको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया