Nepal Life

अपर तामाकोशीले डाक्यो १५ औै वार्षिक साधारणसभा, शेयरधनीलाई हातालाग्यो शुन्य

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 08:41
अपर तामाकोशीले डाक्यो १५ औै वार्षिक साधारणसभा, शेयरधनीलाई हातालाग्यो शुन्य
Sanima Reliance

काठमाडौं । अपर तामाकोशीले आगामी भदौ ६ गते १५ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

NIMB

लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण ऐन २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रहि आर्थिक वर्ष २०७८/७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गर्नेछ । साउन २५ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया