Nepal Life

बैशाखको भेल छोप्ने प्रयासमा लगानीकर्ता, चैत मसान्तको दवाव सकिनु अगाडी नै उछाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:17
बैशाखको भेल छोप्ने प्रयासमा लगानीकर्ता, चैत मसान्तको दवाव सकिनु अगाडी नै उछाल
Sanima Reliance

काठमाडौं । बैशाख महिना शेयर बजारका लगानीकर्ताका लागि उल्लासमय महिना हो । विगतको इतिहास हेर्ने हो भने हरेक वर्ष बैंशाख महिना शेयर बजारमा उछाल आउने गरेको छ । त्यसैले गर्दा चैत मसान्तको दवाव सकिनु अगाडी नै शेयर बजारमा उछाल आएको छ । 

NIMB

आइतबार नेप्से सूचक २२.७५ अंकले सुधार भएको छ । आजसम्म शेयर बिक्री गर्नेले व्याज र किस्ता जोहो गर्न पाउछन् । भोलि सार्वजनिक विदा परेकाले मंगलबारदेखि शेयर बजारमा सेलिङ प्रेसर घट्ने र बजार सुधार हुने भन्दै लगानीकर्ता आजैदेखि शेयर उठाउदा नेप्से सूचक १.१३ प्रतिशतले बढेर २०२६.८१ अंक कायम भएको छ । 

पछिल्ला दिनमा शेयर बजार १८ सय र २२ सय अंकको विचमा घुमिरहेको छ । त्यसमा पनि बैशाख महिना शेयर बजार बढ्ने महिना हो । त्यसैले अहिले नै शेयर खरिद गर्दा पनि लगानीकर्ताले लगभग १५० अंकदेखि १७० अंकको विचमा खेल्न पाउनेछन् ।

बैशाख महिनामा सूचिकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । तेस्रो त्रैमाशिक वित्तीय विवरण पश्चात कम्पनीहरुले चालु आर्थिक वर्षमा कति जति मुनाफा आर्जन गर्छन् भन्ने अनुमान लगाउनुका साथै आगामी वर्षमा कुन कम्पनीले राम्रो लाभांश दिन सक्छन् भने विश्लेषण गर्न सकिन्छ ।

यस वर्ष बैंक वित्तीय संस्थाको वित्तीय विवरण कस्तो आउला भन्ने कौतुहलता लगानीकर्तामा देख्न सकिन्छ । यदि दोस्रो त्रैमाशिक अवधिकै अवस्था जस्तो देखियो भने पुनः शेयर बजार १९ सय अंकमै ओर्लिनेछ । यसले गर्दा अझै पनि लगानीकर्तामा डर बाँकी नै छ । यदि सरकारले बजेट मार्फत लगानीकर्ताको मनोबल बढाउने प्रयास गर्यो भने बजारले केहि गति लिन सक्छ । तर अर्थमन्त्री वर्षमान पुनः प्रति पनि लगानीकर्ताकै खासै ठुलो आशा देख्न सकिदैन । 

आइतबार ४ अर्ब २५ करोडको कारोबार भएको छ । अल्पकालिन लगानीकर्ता हाबी हुँदा कारोबार रकम ह्वात्तै बढेको हो । १९० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । होटल तथा पर्यटन र व्यापारको सूचक बाहेक सबै सूचकमा सुधार देखिएको छ । जस मध्ये सबैभन्दा धेरै सुधार विकास बैंक र फाइनान्समा देख्न सकिन्छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया