Nepal Life

शेयर बजार बढ्दो क्रममा, फाइनान्समा भुम्मिए लगानीकर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 15:14
शेयर बजार बढ्दो क्रममा, फाइनान्समा भुम्मिए लगानीकर्ता
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक ९.१९ अंकले सुधार भएको छ । आइतबार २२.७५ अंकले बढेकोमा आज भने खासै सुधार हुन सकेन । कारोबार खुलेको केहि समय बढेपनि सुरुवाती अवस्थामा खासै बढ्न सकेन । अन्तिम समयमा सुधार हुने क्रममा २०३६.०१ अंक कायम भएको छ ।

NIMB

मंगलबार कारोबार रकममा भने राम्रो सुधार देखिएको छ । आइतबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको खरिद बिक्रीले ४ अर्ब नाघे पनि आज भने प्राकृतिक रुपमै कारोबार भएको देखिन्छ । आज सर्वाधिक धेरै सूर्यज्योति लाइफको १८ करोड ८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । कम्पनीले बम्बर लाभांश घोषणा गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

आज सर्वाधिक धेरै फाइनान्समा सर्वाधिक धेरै सुधार देखिएको छ । थोरै शेयर पूँजी भएका कम्पनीको शेयरमा राम्रै चलखेल सुरु भएको छ । आगामी बैंशाखमा बजारले राम्रै गति लिने चर्चा सँगै थोरै शेयर पूजी भएका कम्पनीमा आकर्षण देखिएको हो ।

बैंकिङ प्रणालीमा तरलता प्रयाप्त भए पनि शेयर बजारमा भने लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन । ठुला लगानीकर्ताहरुले क्रमिक रुपमा लगानी बढाए पनि यो सुधारले धेरै लामो समयसम्म निरन्तरता नपाउने उनिहरुको विश्लेषण छ । तत्कालिन अवस्थामा अर्थमन्त्रीले पनि खासै ठुलो सुधारको काम गर्न सक्ने अवस्था छैन । अर्थतन्त्रको चेन ब्रेक भएको हुँदा चलायमान बनाउनु पर्ने आजको सबैभन्दा ठुलो चुनौती हो । यसले गर्दा पनि लगानीकर्ताहरु पर्ख र हेरेको अवस्थामा छन् । साता तिना उछालमा कमाउने र बाहिरिने क्रम बढ्ने क्रममा छ । यसले गर्दा पनि बजार धेरै लामो समयसम्म सुधारको लयमा अगाडी बढ्न सक्ने अवस्था छैन ।

बैशाखमा सूचकिकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले पनि लगानीकर्ताले कम्पनी छान्ने अवसर पाउनेछन् । तेस्रो त्रैमाशिक अवधिमा राम्रो वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीले आगामी वर्ष राम्रै प्रतिफल दिन सक्ने भएकाले उनिहरुले यहि समयमा बजारमा बढि ध्यान दिइरहेका हुन्छन् । यदि बजारमा सकारात्मक सञ्चार भयो भने आगामी दिनमा कम घट्ने र धेरै बढ्ने क्रम रहनेछ । जुन शेयर बजारका लगानीकर्ताका लागि सुखद पक्ष हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया