Nepal Life

सरकारले एक वर्षमा जनतासँग २ खर्ब ४० अर्ब ऋण उठाउदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 19:09
सरकारले एक वर्षमा जनतासँग २ खर्ब ४० अर्ब ऋण उठाउदै
Sanima Reliance

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले चार प्रकारका ऋणपत्र मार्फत उक्त रकम बजारबाट लिन थालेको हो । विभिन्न अवधिका ट्रेजरी विल मार्फत ५५ अर्ब रुपैयाँ संकलन गर्नेछ ।

 

NIMB

विकास ऋणपत्र मार्फत एक खर्ब ७९ अर्ब रुपैयाँ, ५ वर्ष अवधिको नागरिक बचतपत्र मार्फत ५ अर्ब रुपैयाँ र ५ वर्ष अवधिकै वैदेशिक रोजगार बचतपत्र मार्फत एक अर्ब रुपैयाँ ऋण उठाउनेछ । सरकारले बोलकबोल तथा सार्वजनिक निष्काशन मार्फत उक्त रकम उठाउनेछ ।

यसरी सरकारले समय समयमा बजारबाट पैसा खिच्दा बैंकिङ प्रणालीमा तरलता अभाव हुने गरेको छ । बजेट खर्च गर्ने क्रममा सरकारले विभिन्न स्रोतहरुको उपयोग गरेर पैसा संकलन गर्छ । यसको सम्पुर्ण व्यवस्थापनको काम नेपाल राष्ट्र बैंकले गर्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया