Nepal Life

वर्षको अन्तिम कारोबारका दिन दोहोरो अंकले ओरालो लाग्यो नेप्से

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Wed 15:30
वर्षको अन्तिम कारोबारका दिन दोहोरो अंकले ओरालो लाग्यो नेप्से
Sanima Reliance

काठमाडौं । यस वर्षको कारोबारको अन्तिम दिन आज (बुधबार) नेप्से परिसूचक १०.७१ अंकले घटेको छ। यस दिन नेप्से ०.५२ प्रतिशतले घटेर २०२५.३० विन्दुमा बन्द भएको छ।

NIMB

बुधबारको बजारमा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६६ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०८ वटा धितोपत्रको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन माण्डु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.६९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७७० रूपैयाँ कायम भएको छ।

यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४९ रूपैयाँ पुगेको छ। सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १७१ रूपैयाँ कायम भएको छ। विन नेपाल लघुवित्तको सेयरमूल्य ९.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३६१ रूपैयाँमा झरेको छ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ २० पैसामा १२ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.२० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२९ रूपैयाँमा ११ करोड १२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको भने बाँकी ११ समूहको परिसूचक घटेको छ।

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २.५० प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया