Nepal Life

रिभर फल्सले हकप्रद शेयर जारी गर्ने, बोलायो एकैपटक दुई आर्थिक वर्षको साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 11 08:23
रिभर फल्सले हकप्रद शेयर जारी गर्ने, बोलायो एकैपटक दुई आर्थिक वर्षको साधारण सभा
National Life

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा बोलाएको छ। कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले सातौं र आठौं वार्षिक साधारण सभा डाकेको हो।

Shikhar
NIMB

सभा आगामी वैशाख २० गते बिहीबार, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

सभामा चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेस हुनेछ। यस्तै सभाले गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

साथै, हकप्रद शेयर प्रयोजनका लागि अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा छन्।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने र निजको पारिश्रमिक, बैठक भत्ता तथा सुविधाको बारेमा पनि सभामा छलफल हुनेछ।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया