Nepal Life

भिजन लुम्बिनी ऊर्जाको ९५ हजार ६२५ कित्ता शेयरको लक-इन अवधि कहिले सकिन्छ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 08:31
भिजन लुम्बिनी ऊर्जाको ९५ हजार ६२५ कित्ता शेयरको लक-इन अवधि कहिले सकिन्छ?
Sanima Reliance

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता शेयरको लक-इन अवधि आगामी जेठ ४ गते सकिने भएको छ।

NIMB

कम्पनीले सूचना जारी गर्दै आगामी जेठ ४ गते लक-इन अवधि सकिने जानकारी दिएको हो। लक-इन अवधि सकिएपछि शेयर कारोबारमा आउनेछन्।

म्यूचुअल फण्डका लागि छुट्याइएको शेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँट भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँट गरिएको थियो। बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता शेयर लक-इन अवधिमा राखिएको थियो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया