Nepal Life

आइपिओ निष्कासन गर्न निलगिरी हाइड्रोपावरले बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 11 08:47
आइपिओ निष्कासन गर्न निलगिरी हाइड्रोपावरले बोलायो विशेष साधारण सभा
National Life

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासनको तयारी गरेको छ। यससम्बन्धी एजेन्डा पारित गर्न उसले विशेष साधारण सभा पनि आह्वान गरेको छ ।

Shikhar
NIMB

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान साढे १० बजे बस्ने गरी विशेष साधारण सभा आह्वान गरेको हो।

सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण शेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको शेयरबाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी शेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया