Nepal Life

रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर आजदेखि बिक्री खुला

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 10:29
रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर आजदेखि बिक्री खुला
Shikhar detail

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर आजदेखि बिक्री खुला गरिएको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरिसकेपछि बाँकी रहेको शेयर बिक्री खुला गरेको हो।

NIMB

उक्त हकप्रदमा आवेदन दिने ६० हजार ६०२ शेयरधनीहरुलाई ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद सेयर बाँडफाँट भएको कम्पनीले जनाएको छ।

कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले १:०.५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्न लागिएको हो।

यो शेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति २०८१ वैशाख ९ गतेसम्म तोकिएको छ।

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया