Nepal Life

सर्भेयर बीमा कम्पनीका मान्छे हुन् भन्ने मानसिकता छ, यो हुनुहुँदैन : दिप प्रकाश पाण्डे

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 12:26
सर्भेयर बीमा कम्पनीका मान्छे हुन् भन्ने मानसिकता छ, यो हुनुहुँदैन : दिप प्रकाश पाण्डे
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सर्भेयर बीमा कम्पनीका प्रतिनिधि हुन् भन्ने गलत बुझाइरहेको भन्दै सर्भेयरलाई स्वतन्त्र पेशाका रुपमा हेरिदिन अनुरोध गरेका छन् । उनले भने ‘आजमा दिनमा पनि सर्भेयर भनेका बीमा कम्पनीका मान्छे हुन् भन्ने मानसिकता छ । यो हुनुहुदैन । यो एकदमै स्वतन्त्र पेशा हो ।’

 

NIMB

बीमा सर्भेयर संघले आयोजना गरेको नव वर्ष २०८१ को शुभकामना आदाप्रदान कार्यक्रमलाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सर्भेयरहरु प्रविधिमैत्री हुनुपर्ने औल्याएका छन् । उनले भने ‘विदेशी मुलुकमा सर्भेयरले गर्ने काम ९० प्रतिशत भन्दा धेरै प्रविधिको सहायतामा हुने गरेको छ । त्यसैले नेपालका सर्भेयरहरुले पनि आफ्नो कार्यशैलीलाई परिवर्तन गर्नु पर्छ ।’

तर सर्भेयरले नेपालको बीमा क्षेत्रमा पुर्याएको योगदान एकदमै महत्वपुर्ण रहेको उनले बताए । सर्भेयरले सहि र पारदर्शी रुपमा काम गरिदिन उनले अनुरोध गरे । ‘तपाईहरु स्वतन्त्र निकाय हो । कसैको पक्षमा रहेर काम गर्नु पर्दैन । यसमा स्वतन्त्र हुनुहुन्छ । कोही संस्थागत रुपमा र कोही व्यक्तिगत रुपमा काम गर्नु हुन्छ । तपाईको भुमिका एकदमै महत्वपुर्ण छ’ उनले प्रष्ट पारे ।

बीमा करार भएकाले त्यो करार अनुसार ठिक छ कि छैन भनेर स्वतन्त्र रुपमा मूल्याङ्कन गर्ने काम सर्भेयरको भएको हुँदा उनिहरुले यस्तो कार्य समयमा गर्नु पर्ने र सहि ढङ्गबाट गर्नु पर्ने पाण्डेको जिकिर छ । सर्भेयरका कामहरु प्रति कतिपय समयमा प्रश्नहरु पनि उठ्ने गरेको भन्दै उनले पारदर्शी रुपमा काम गरिदिन सबैलाई आग्रह समेत गरेका छन् । उनले थपे ‘अलि अलि कतै कतै संका गर्ने ठाउँ छ कि भन्ने कुराहरु उब्जिनु पनि अस्वभाविक होइन ।’

सर्भेयर बन्नको लागि बीमा ऐनले निर्धारण गरेको योग्यताबाटै सर्भेयरहरु उच्च व्यवसायिक व्यक्तित्व रहेको कुरा पुष्टी हुने भन्दै आफ्नो उच्च व्यवसायिक मर्यादलाई कायम गर्दै स्वतन्त्र पुर्वक काम गरिदिन समेत सिइओ पाण्डको अनुरोध छ । बीमा ऐन अनुसार सर्भेयर बन्न चार्टर्ड एकाउन्टेन्ट वा इन्जिनियरिङ वा बीमा क्षेत्रमा १० वर्ष काम गरेको हुनु पर्छ ।

बीमा सर्भेयर जसको रिपोर्टका आधारमा बीमितले दाबी भुक्तानी पाउछन् । ‘यस्तो राम्रो काम गर्ने समुहलाई कतै हामीले अपहेलना त गरिरहेका छैनौ’ भनेर आत्ममूल्याङ्कन समेत गर्ने बेला आएको उनको भनाइ छ । यदि सर्भेयरहरुले बुझेर समयमै प्रतिवेदन बुझाउने हो भने बीमितले समयमै दाबी पाउन सक्छन् । यदि कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्न सक्ने हो भने जनमानसमा पनि कन्फिडेन्स बढाउने उनको तर्क छ ।

कतिपय अवस्थामा बीमा कम्पनीहरुले जानेर वा अन्जानमा गलत सूचना प्रवाह गरिरहेका हुन सक्छन् । यस्तो समयमा पनि सर्भेयरहरुले बीमितलाई सहि र यथार्थ सूचना दिएर बीमा कम्पनीहरुलाई आफ्नो कार्यशैलीमा सुधार गर्नका लागि सर्भेयर रिपोर्टमा यस्ता सुझाव उल्लेख हुनु पर्ने पाण्डेको भनाइ छ ।

उनले भने ‘यस पछि हामीले पनि यस्तो यस्तो किसिमबाट गलत सूचना प्रवाह भएको रहेछ भन्ने थाहा पाउन सक्छौ । आजको जमाना प्रतिस्पर्धी छ । कसैले एक पटक झुक्याउला तर अर्को पटक झुक्याउन सक्दैन । तर मलाई कहाँ डर लाग्छ भने त्यो झुक्काउदा बीमा उद्योग प्रति अविश्वासको वातावरण सिर्जना हुन सक्छ । त्यसैले हामीले सर्भेयरलाई धेरै व्यवसायिक र दक्ष बनाउनु पर्छ ।’

उनले थपे, ‘अर्को महत्वपुर्ण कुरा भनेको हामीलाई जुन सर्भेयर रिपोर्ट आउछ । त्यसमा हामीले हाम्रो विज्ञलाई पनि समावेश गराइरहेका हुन्छौ । तपाईहरु सबै कुरामा सक्षम हुनुहुन्छ भनेर आशा गरेका हुँदैनौ । तर तपाईहरुमा अध्ययनशिलताको भावना आउनु पर्यो । त्यसैले मैले कतिपय सर्भेयर साथिहरुलाई एक डेढ महिना भए पनि बीमा कम्पनीमा अनुभव लिनुहोस् भनिरहेको हुन्छु । यसो गर्दा उहाँहरुलाई व्यवहारिकता थाहा हुन्छ । काम गर्ने संरचना थाहा हुन्छ । तपाईहरु प्राविधिक रुपमा दक्ष हुनुहुन्छ तर बीमाको व्यवहारिक पाटोमा तपाईहरुलाई थप ज्ञानको आवश्यक छ । त्यसैले हामीले तपाईहरुलाई यसमा अगाडी बढाइरहेका छौ । यो हाम्रो कर्तव्य पनि हो । नेपालको बीमा क्षेत्रलाई राम्रो सँग अगाडी बढाउन तपाईहरुको भुमिका एकदमै महत्वपुर्ण हुन्छ । दाबी भुक्तानीमा बीमा प्राधिकरण र कम्पनीहरुको भियानमा तपाईहरुले साथ दिनु पर्ने हुन्छ ।’

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया