Nepal Life

जागिर छाडेर अभिकर्ता पेशा रोजेकी उर्मिलाको एमडिआरटीसम्मको यात्रा , ‘बीमाकै लागि जीवन समर्पित’

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Apr Sun 14:16
जागिर छाडेर अभिकर्ता पेशा रोजेकी उर्मिलाको एमडिआरटीसम्मको यात्रा , ‘बीमाकै लागि जीवन समर्पित’
Sanima Reliance

काठमाडौं । जीवन बीमा गराउनु जति गाह्रो काम साहेद अरु कुनै मार्केटिङ पेशा नहोला । त्यसैले नेपालको बीमा बजारमा अभिकर्ता पेशालाई पुर्णकालिन बनाएर अहोरात्र खटिने एकदमै कम छन् । केहि समय एकदमै राम्रो जीवन बीमा पोलिसी बिक्री गरेर एउटा उचाइ हासिल गरेका कयौ व्यक्तिहरु हामीहरुका माझबाट एका एक हराउदै गर्दा विगत १२/१५ वर्षदेखि जीवन बीमा अभिकर्ता पेशालाई अंगालेकी उर्मिला गोतामे कट्टेल गएको वर्ष ‘एमडिआरटी २०२४’को लागि क्वालिफायर्ड भइन् ।

NIMB

जागिरे जीवनलाई पुर्ण रुपमा त्यागेर अभिकर्ता पेशा अंगालेकी उर्मिलाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट हरेक वर्ष उत्कृष्ट व्यवसाय गर्दै आइरहेकी छिन् । स्नातक तहसम्म अध्ययन गरेकी उर्मिलाले निजि स्तरका कम्पनीहरु डिस होम, वेव सोलुसन नेपाल लगायतका धेरै कम्पनीमा काम गरिन् । सरकारी जागिरका लागि पनि उनले धेरै प्रयास गरिन् ।

तर एक दिन हात भाच्चिएर विरामी अवस्थामा अस्पताल पुगेकी उर्मिलालाई एक जना आर्मी म्यामबाट जीवन बीमाको लागि प्रस्ताव आयो । उनले तत्कालै ‘अहिले म बीमा गर्दिन’ भनेर जवाफ दिइन् । यस्तो जवाफ सुन्ने वित्तीकै आर्मी म्यामले उनलाई बीमा नगर्नु भए पनि केहि छैन तर तपाई आफै अभिकर्ता भएर काम गर्न सक्नु हुन्छ भन्दै सुझाव दिइन् ।

यो सुझावले भने उर्मिलालई तान्यो । सुझाव अनुसार नेशनल लाइफबाटै अभिर्ताको लाइसेन्स लिइन् । जतिवेला उनि जागिर खान्थिन् । जागिरमा समय दिनु पर्ने भएकाले उनले सुरुवाति दिनमा दुई चार जनालाई मात्रै बीमा गराउन सफल भइन् । घर बनाउने सिलसिलामा उनले जागिर छाडिन् । केहि समय घर बनाउने क्रममा वितेपनि उनलाई जागिर खान पटक्कै मन थिएन । त्यसो भए के गर्ने त, उनले उपाय निकालिन ‘म सँग नेशनल लाइफको अभिकर्ताको लाइसेन्स छ त ।’ अन्ततः वर्षको दुई चार वटा मात्रै पोलिसी बिक्री गर्दै आइरहेकी उर्मिलाले यहि पेशालाई पुर्णकालिन बनाउने मनस्थिति बनाइन् ।

जुन दिनदेखि उनले जीवन बीमा अभिकर्ता पेशालाई पुर्णकालिन बनाइन त्यस दिन पछि उनलाई पछाडी फर्किनु परेको छैन । जागिरका लागि धेरै अफर पनि आए तर उनलाई ति सबै फिक्का लाग्छ । आफुले चाहेको समय दिएर, घर परिवारलाई समय दिए पनि उनि यसबाट मनग्य आम्दानी गर्छिन् । यसका लागि उनले तन मन खर्चिएकी छिन् । जीवन बीमाका लागि उनि आफुले चिने जानेका मानिसदेखि लिएर विभिन्न कामका दौरानमा भेटिने सबैलाई बीमाको लागि प्रस्ताव गर्छिन् ।

यसरी सबैलाई प्रस्ताव गर्दा जीवन बीमाको विषयमा राम्रो सँग बुझाउने सिकाउने प्रायस गर्छिन् । यहि कारण र स्वभावका कारण उनले आजका दिनसम्ममा जति पनी बीमा गराएकी छिन् ति सबै आफ्नो परिवार निकटका व्यक्ति भन्दा बाहिरका धेरै छन् । बीमा गर्दा जोखिम बहन मात्रै नभएर यो बाध्यात्मक बचतको राम्रो माध्यम भएको उनि बताउछिन् ।

अहिले सकेको समयमा बीमा मार्फत गरिएको बचत बुढेसकालको सहारा हुने हुँदा बुढेसकालमा पनि कसैको भर पर्नु नपर्ने भन्दै सबैलाई बुझाउछिन् । नेपाली समाजमा सरकारी जागिर खानु पर्छ । भोलि बुढेसकालमा पेन्सन पाइन्छ भन्ने मानसिकता व्याप्त छ । तर सबैले सरकारी जागिर खान सक्दैनन् । यहि यथार्थलाई उनले मार्केटिङको राम्रो माध्यम बनाएकी छिन् । उनि भन्छिन् ‘जागरि नहुँदा पनि पेन्सन पाउने एक मात्रै उपाय भनेको बीमा नै हो । भवितव्य मृत्यु भएमा परिवारलाई फाइदा बाचिरहेमा आफुलाई फाइदा हुन्छ ।’

बीमा गराउदाका फाइदालाई राम्रो सँग बुझाएर बीमा प्रति आकर्षित गर्न सक्नु नै उनको क्षमता हो । उनि बीमा गराइसके पछि ५ वर्षमै अर्को पोलिसी आवश्यकता पर्ने हिसावले लिन नहुने तर्क गर्छिन् । आजको आम्दानीका आधारमा मात्रै बीमा गर्दा आगामी ५ वर्ष पछिको आम्दानीलाई म्याच नगर्ने भएकाले सकेसम्म सुरुमै सकेसम्म आफुले बीमा शुल्क भुक्तानी गर्न भ्याएसम्मको पोलिसी खरिद गर्नु पर्ने उनको सुझाव छ । उनि बीमा गराउन मात्रै होइन नविकरण बीमा शुल्क भुक्तानीका लागि पनि बीमितलाई सहजिकरण गर्छिन् । उनि बीमा शुल्क भुक्तानी गर्नु पर्ने २ महिना अगाडी नै बीमितलाई जानकारी दिन्छिन् ताकी २ महिना पछि सहजै बीमा शुल्क भुक्तानी गर्न सकियोस् ।

परिवारमा श्रीमानको राम्रो साथ समर्थन पाएकी उर्मिलाले समुदायमा अभिकर्ताको विषयमा हुने गलत टिप्पणीलाई सामान्नै मै जवाफ दिइहाल्छिन् । बीमा अभिकर्ता बीमा कम्पनीका मेरुदण्ड भएकाले अभिकर्ता विना बीमा सम्भव नभएको उनि बताउछिन् । यसले गर्दा बीमा अभिकर्ता प्रतिका कुनै पनि नकारात्मक टिप्पणीले केहि फरक नपर्ने उनको भनाइ छ । आजका मानिसहरुले करोडौं रुपैयाँ कमाए कमाए पनि बचत नगर्ने हो भने भोलिका दिनमा त्यसले केहि पनि अर्थ राख्दैन । त्यसैले बीमा त्यस्तो बचत तथा लगानी हो जसले जीवन ठुलो अर्थ राख्छ र कुनै न कुनै समयमा आत्मसन्तुष्टी लिन सकिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया