Nepal Life

नयाँ वर्षको पहिलो कारोबारमै घट्यो शेयर बजार, बैंक व्याजदर र तरलताले साथ दिदा पनि हौसिएनन् लगानीकर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:07
नयाँ वर्षको पहिलो कारोबारमै घट्यो शेयर बजार, बैंक व्याजदर र तरलताले साथ दिदा पनि हौसिएनन् लगानीकर्ता
Sanima Reliance

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो कारोबारमै नेप्से सूचक ओरालो झरेको छ । बैंकहरुले यहि बैंशाखका लागि निक्षेपको व्याजदर तल झार्दा पनि शेयर बजारमा भने सकारात्मक प्रभाव पर्न सकेन । सामान्यतया बैंकिङ तरलता बढ्नु र व्याजर घट्नु शेयर बजारका लागि शुभ संकेत हुन् ।

NIMB

तर यि दुबै सूचकले लगानीकर्ताको मनोबल भने बढाउन सकेन । बैंशाखमा शेयर बजार सुधार हुने अपेक्षा गरिएको थियो । तर अहिलेको आर्थिक जटिलताको संबोधन नहुने संकेतका कारण शेयर बजार बढ्न नसकेको विश्लेषकहरु बताउछन् । सरकारले आर्थिक सुधारका लागि कुनै पनि ठोस कदमहरु अगाडी सार्न सकेको छैन ।

राजनीति खिचातानी र अस्थिरताका कारण लगानीकर्ताको मनोबल एकदमै कमजोर भएको लगानीकर्ताहरु बताउछन् । यहि कारणले आज नयँ वर्षको पहिलो दिनमै नेप्से सूचक २.३५ अंकले घटेर २०२३.३५ अंकमा झरेको हो । सूचक सँगै कारोबार रकम पनि ३ अर्ब रुपैयाँमा सिमित भएको छ ।

आज पनि दिपेन्द्र अग्रवाल समुहले फाइनान्सको शेयर मूल्य बढाएका छन् । यो समुह अव बजार बढ्ने र बजार बढ्दा सबैभन्दा पहिला फाइनान्सको शेयर मूल्यमा उछाल आउने हल्ला गर्दै केहि सिमित फाइनान्सको शेयरमा चलखेल गरिरहेका छन् ।

हाइड्रोपावर र माइक्रोफाइनान्सको शेयर मूल्यमा सामान्य सुधार देखिए पनि बाँकी सूचक ओरालो झरेका छन् । १२७ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि १०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सिर्जनसिल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

विश्व राजनीतिक घटना क्रमले पनि अर्थतन्त्रमा अझै सिथिलता ल्याउन सक्ने आकलन गरिएको छ । यदि यस्तै अवस्था रहिरह्यो भने नेपालको अर्थतन्त्रमा पनि अझ ठुलो दवाव पर्न सक्ने विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया