Nepal Life

अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 07:24
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्दै
Shikhar detail

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

NIMB

कम्पनीले आगामी वैशाख १० गतेदेखि उक्त शेयर बिक्री आवेदन खुलाउने भएको छ। शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।  

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २४ गते रहेको छ। 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया