धितोपत्र बोर्डको अध्यक्ष नहुँदा आइपिओ निष्काशनका सम्पुर्ण प्रकृयाँ रोकियो, ‘सञ्चालक समितिले सकेन निर्णय गर्न’

  • गोविन्द राज जोशी
  • 2024 Apr Mon 12:51
धितोपत्र बोर्डको अध्यक्ष नहुँदा आइपिओ निष्काशनका सम्पुर्ण प्रकृयाँ रोकियो, ‘सञ्चालक समितिले सकेन निर्णय गर्न’

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्दा लामो समयदेखि आइपिओ निष्काशनका सम्पुर्ण प्रकृयाँ रोकिएका छन् । बोर्डको अध्यक्ष पदपुर्ती समितिले सर्ट लिष्ट गरेका पदाधिकारीहरु सँग पनि अन्तर्वार्ता लिन सकेको छैन । प्रकृयाँका विषयमा प्रश्न उठे पछि पदपुर्ती समितिले प्रकृयाँ नै रोकिदिदा बोर्डका कयौ कामहरु प्रभावित भएका छन् । बोर्डका नियमित काम कारबाही तथा प्रकृयाँहरु भने अगाडी बढिरहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले जानकारी दिए ।

बोर्डको अध्यक्ष पद कार्यकारी भएको हुँदा सञ्चालक समितिका पदाधिकारीहरुले यस विषयमा भने निर्णय गर्न सकेका छैनन् । बोर्डमा आइपिओ तथा अन्य सार्वजनिक निष्काशनका विषय समावेश हुँदै आए पनि अन्य सञ्चालकहरुले यस विषयमा कुनै पनि जोखिम लिन खोजेको देखिदैन । तर विद्यमान सञ्चालक समितिले निर्णय गर्ने हो भने पुर्ण अधिकार भने रहेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

हाल बोर्डको सञ्चालक समितिमा अर्थमन्त्रालयका प्रतिनिधि रितेश कुमार शाक्य, कानुन मन्त्रालयका दल बहादुर अधिकारी, राष्ट्र बैंकका प्रतिनिधि डा. प्रकाश कुमार श्रेष्ठ, आइक्यानका प्रतिनिधि प्रविन कुमार झा, नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट सुर कृष्ण बैध्य र विज्ञ सदश्यको रुपमा भोला नाथ ढुङ्गाना रहेका छन् ।

बोर्डको अध्यक्ष पद गएको पुस २० गतेदेखि रिक्त छ । गएको पुस महिनादेखिनै सार्वजनिक निष्काशन सम्बन्धी कुनै पनि प्रकृयाँ अगाडी बढेको छ । पछिल्ला दिनमा धितोपत्र बोर्डमा आइपिओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएका कम्पनीहरुलाई समेत पाइपलाइनमा देखाइएको छैन ।

हाल ३५ वटा कम्पनी आइपिओ निष्काशनको अनुमति कुरेर बसेका छन् । उक्त कम्पनीहरुले २७ अर्ब ९३ करोड रुपैयाँ आइपिओ मार्फत जुटाउने योजना बनाएका छन् । यसरी प्राथमिक बजारबाट लगानी उठाउने उद्देश्यले अगाडी बढेका कम्पनीको लगानी योजना नै प्रभावित बनेको छ ।

यसबाट सबैभन्दा ठुलो मार जलविद्युत कम्पनीमा परेको छ । हाल १७ वटा कम्पनीको आइपिओ निष्काशन प्रकृया पाइपलाइनमा छन् । जलविद्युत आयोजनाले जतिसक्दो प्राथमिक बजारबाट लगानी लैजाने अवसर प्राप्त गर्छन् त्यति नै अनुपातमा उनिहरुको कष्ट अफ इन्भेष्टमेन्ट घट्छ । अर्को तर्फ आयोजनाले निष्चित रकम आइपिओबाटै जुटाउने योजना बनाएका हुन्छन् ।

त्यस्तै ५ वटा कम्पनीले २९ करोड ४ लाख रुपैयाँको एफपिओ निष्काशनको लागि निवेदन दिएर बसेका छन् । अर्क तर्फ १३ वटा कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि अनुमति कुरेर बसेका छन् । म्युचुअल फण्ड पनि अध्यक्ष नहुँदाको सिकार बनेको छ । ८ वटा म्युचुअल फण्डले ७ अर्ब ९५ करोड रुपैयाँको फण्ड संकलन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

यसरी विभिन्न कम्पनीहरुले आइपिओ, हकप्रद, एफपिओ र म्युचुअल फण्ड मार्फत ४२ अर्ब ३८ करोड रुपैयाँ रकम प्राथमिक बजारबाट उठाउदै छन् । लामो समयदेखि निष्काशन प्रकृयाँ रोकिदा लगानीकर्ताले लगानी गर्ने अवसर गुमाइरहेका छन् भने अर्को तर्फ भोलिका दिनमा यि कम्पनीहरुले एकै पटक निष्काशन अनुमति पाउदा बिक्री हुने सम्भावना एकदमै न्युन छ । त्यसमा पनि यो समयमा कम्पनीहरुले सजिलै लगानी उठाउन सक्ने समय हो । बैंक वित्तीय संस्थाको व्याजदर एकदमै तल्लो विन्दुमा झरेको समयमा प्राथमिक बजारमा जति पनि शेयर निष्काशन हुन्छन् ति सबै बिक्री हुने सम्भावना उच्च रहन्छ । यस्तो अवस्थामा सरकारले छिटो भन्दा छिटो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरि यि सबै प्रकृयाँ अगाडी बढाउने वातावरण बनाउनु पर्ने विज्ञहरु बताउछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया