Nepal Life

नेता किरातीले बशन्त यात्रामा पूर्वमा युवाहरुसंग अन्तरक्रिया गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 14:47
नेता किरातीले बशन्त यात्रामा पूर्वमा युवाहरुसंग अन्तरक्रिया गर्ने
Sanima Reliance

काठमाडौं । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती यतिबेला पूर्वका जिल्ला भ्रमणमा निस्केका छन् । आइतबार खोटाङबाट यात्रा सुरु गरेका मन्त्री किरातीले सदरमुकाम दिक्तेल स्थित शुभम फाउन्डेशनमा स्थानिय राजनीतिकर्मी संगै युवाहरुसंग अन्तरक्रिया गरेका थिए ।

NIMB

'युवाहरु के भन्छन् ?' शिर्षकमा अन्तरक्रिया गरिरहेका किरातीको यात्रालाई “बशन्त यात्रा” भनिएको छ । सोमबार भोजपुरको पर्यटकिय स्थल चखीयामा तीन दिनबाट सञ्चालित “टेम्के मैयुङ कृर्षी तथा पर्यटन महोत्सव”को समापन गर्ने कार्यक्रम रहेको छ । यस संगै ४ गतेबाट पूर्वमा नयाँ पदमार्गको रुपमा पछिल्लो समय चर्चामा रहेको मुन्दुम पदमार्गमा किरातीको पैदल यात्रा सुरु हुने छ ।

एक हप्ता सम्म सञ्चालन हुने पैदल यात्रामा बाटामा भेटिने युवा कृर्षी व्यवशायी,पर्यटन व्यवशायी,पदमार्गी संगै आफु संगै यात्रामा रहने दुई दर्जन बढी युवाहरुसंग युवाहरुमा देखीएको बढ्दो निराशा,बर्तमान राजनीती, अर्थव्यवस्था,संस्कृति र पर्यटनका विषयमा अन्तरक्रिया गर्नेछन् ।

यस पैदल यात्रा पछि पनि बशन्त ऋतुभरी पूर्वका ग्रामीण भेगहरुसम्म अन्तक्रिया जारी रहने भएकोले यस अभियानलाई बशन्त यात्रा भनिएको किरातीको सचिवालयले जनाएको छ । यस यात्राको मुख्य उद्येश्यनै युवाहरु विदेश पलायन र नेपालमा कृर्षी पर्यटन तथा उद्ययम क्षेत्रको संभावनाहरु बारे स्थानिय स्तरसम्म छलफल गरेर समस्यको समाधानतर्फ सवैलाई जागरुक बनाउनु रहेको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया