Nepal Life

शेयर बजार बढ्ने सिजनमै लगातार गिरावट, किन घटिरहेको छ शेयर बजार ? यस्तो छ कारण

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 15:15
शेयर बजार बढ्ने सिजनमै लगातार गिरावट, किन घटिरहेको छ शेयर बजार ? यस्तो छ कारण
Sanima Reliance

काठमाडौं । शेयर बजार बढ्ने सिजनमै लगातार घटिरहेको छ । बुल तथा वियरिस बजारमै पनि बैशाख महिना बढ्ने महिना हो । दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले बैशाख महिनामा तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा यसको प्रभाव बैशाख महिनामा पर्ने गरेको छ ।

NIMB

तर यस वर्ष चैत मसान्तदेखि नै शेयर बजारमा लगातार गिरावट भइरहेको छ । बैंकहरुमा तरलता बढे सँगै व्याजदर पनि घटिरहेको छ । तर लगानीकर्तामा भने कन्फिडेन्स बढ्न सकेको छैन । सोमबार नेप्से सूचक १६.८२ अंकले घट्यो । दुई साता अगाडी २००४ अंकबाट सुधार हुने क्रममा २०३६ अंकसम्म पुग्यो । तर बजार यो भन्दा माथि जान सकेन । अन्तत बजार लगातार घटिरहेको छ ।

राजनीतिक अस्थिरता र अविश्वासका कारण बजार बढ्न नसकेको बजार विश्लेषक तारा फुलेल बताउछन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रकृयाँ मन्त्रालयका सचिव र मन्त्री विचको विवादले रोकिने अवस्थाले नै अहिलेको राजीतिक अवस्था कस्तो रहेको छ भनेर खुलेआम देख्न सकिन्छ । स्वयं अर्थमन्त्री नै निरिह भइरहेको अवस्थामा उनिबाट केहि पनि अपेक्षा गर्न नसकिने विश्लेषकहरु बताउछन् ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने विषय मन्त्रालय पठाएको कयौ समय वितिसक्दा पनि टुङ्गिन सकेको छैन । सरकारमा ऐमाले भए पनि ऐमालेले अर्थमन्त्रीलाई सहयोग नगरेको विश्लेषकहरु बताउछन् । अझै पनि गभर्नर महाप्रसाद अधिकारीको भुमिका के भन्ने कुरा प्रष्ट देखिएको छैन । गभर्नर अधिकारीले अझै पनि नेकपा एमालेको स्पष्ट म्याण्डेड पाउन नसकेका कारण राष्ट्र बैंकले लिने नीतिगत सुधारका विषयमा अझै पनि स्पष्टता छैन ।

यसले गर्दा पनि लगानीकर्ता सशंकित छन् । यि सबै कुराहरु स्पष्ट नभएसम्म बजार बढ्न सक्ने अवस्था नरहेको फुलेलको विश्लेषण छ । अर्थमन्त्री वर्षमान पुनले नियुक्ति हुने वित्तीकै शेयर बजार सुधारका लागि लगानीकर्ताहरु सँग सुझाव माग गरेका थिए । तर उनले अहिलेसम्म पनि उक्त सुझावहरुलाई संबोधन गर्न सकेका छैनन् । अझै पनि शेयर बजार कुन गतिमा अगाडी बढ्ने भन्ने कुरा नेपाल राष्ट्र बैंकको कदमले नै निर्देशित गर्छ ।

जवसम्म राष्ट्र बैंकले शेयरधनीकर्जा लगायतका विषयमा लिएका कडाइलाई लचकता अपनाउदै लगानीकर्तामा कन्फिडेन्स आउन सक्ने अवस्था छैन । अझै पनि राजनीतिक अवस्था तरल छ । कुन बेला राजनीतिक अवस्था कसरी परिवर्तन हुन्छ भन्ने टुङ्गो छैन । यि कुराहरुमा थोरै मात्रै क्लियर हुने वित्तीकै शेयर बजारले गति समाउने विश्लेषकहरु बताउछन् । अर्को तर्फ विश्वमा बढिरहेको द्वन्दात्मक अवस्थाले पनि लगानीकर्तालाई डर पैदा गराएको छ । नेपालको अर्थतन्त्रमा परनिर्भरता बढ्दो क्रममा छ ।

यहि कारणले गर्दा बजार बढाउन खोज्ने केहि व्यक्ति तथा समुहलाई पनि ठुलै धक्का पुर्याएको छ । बजार बढ्दा पनि हिजोका दिनमा सर्किट लागेका कम्पनीको शेयर मूल्य आज भने नराम्रो सँग घटेको छ । आज सूचक मात्रै होइन कारोबार रकम पनि २ अर्ब ७९ करोडमा सिमित भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया