Nepal Life

वायुसेवा निगमले तिर्यो चार वटा जहाजको ऋण, नयाँ नेतृत्वबाटै ५ अर्ब बढि भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 17:58
वायुसेवा निगमले तिर्यो चार वटा जहाजको ऋण, नयाँ नेतृत्वबाटै ५ अर्ब बढि भुक्तानी
Sanima Reliance

काठमाडौं । नेपाल वायुसेवा निगमले चार वटा जहाजको खरिद क्रममा लिएको ऋणको व्याज तथा किस्ता भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषलाई मात्रै ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

NIMB

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी यहि चैत मसान्तसम्ममा कुल ५३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ । साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको थियो । यस सम्बन्धमा छलफल समेत भइरहेको निगमले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया