Nepal Life

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 18:27
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
Sanima Reliance

काठमाडौं । सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

NIMB

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपत्कालीन रुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ ।आयोजनाको कूल लागत झण्डै २२ अर्ब रुपियाँ बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्ने बताएका छन् । 

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए । 

“सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार