Nepal Life

आज चैते दसैं, बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 10:36
आज चैते दसैं, बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
Sanima Reliance

काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ।

NIMB

पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

दसैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार