Nepal Life

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, हकप्रदको प्रस्तावमा सरकारको असहमति

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 13:04
नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, हकप्रदको प्रस्तावमा सरकारको असहमति
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको २०८१ वैशाख ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०  को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

NIMB

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

 कम्पनीको उक्त प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले  स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख रहेको छ  । 

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी बढाए पनि सरकारले सहमति नजनाए पछि कम्पनीले प्राधिकरणलाई अस्पष्ट क्यापिटल प्लान बुझाएको छ । नेपाल सरकारकै ४५ प्रतिशत शेयर स्वामित्व रहेको हुँदा सरकारले सहमति जनाए पछि मात्रै पूँजी बृद्धिको योजना अगाडी सारिने कम्पनीको भनाइ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी १३ अर्ब ४८ करोड पुग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया