Nepal Life

२ हजार अंकबाट ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

NMB Bank
  • BFIS News
  • 2024 Apr 16 15:34
२ हजार अंकबाट ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
National Life

काठमाडौं । शेयर बजारमा आज १४.८१ अंकको गिरावट आएको छ। यो सँगै नेप्से २ हजार अंकबाट ओरालो लागेको छ। आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.८१ अंक घटेर १९९१ अंकमा रोकिएको छ। यस दिन नेप्सेमा ० दशमलव ७३ प्रतिशतको गिरावट आएको हो। सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेको थियो।

Shikhar
NIMB

मंगलबारको बजारमा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६९ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१२ वटा धितोपत्रको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच भएको छ।

आज गोर्खाज फाइनान्सको सर्वाधिक शेयर कारोबार भएको छ। गोर्खाजको २ लाख १२ हजार ६२६ कित्ता शेयर १७ करोड ५९ लाख ७८ हजारमा कारोबार भएको छ।

बजार घट्दा पनि सिद्धार्थ बैंकको ऋणपत्र २०८९ को प्रतिइकाइको मूल्य ९.९ प्रतिशतले बढेर १ हजार १ सय ५५ रूपैयाँ पुगेको छ। यो ऋणपत्रको ब्याजदर १०.७५ प्रतिशत छ।

सबैभन्दा बढी गुमाउनेमा रुरु जलविद्युत परियोजना रहेको छ। रुरुले शेयरमा १० प्रतिशतको गिरावट आएर ५६० रुपैयाँ पुगेको छ।

मंगलबार १३ उपसूचक नै राताम्य भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह १.३१ प्रतिशतले घटेको हो । 

बुधबार रामनवमीका कारण बजार बन्द रहनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार