NIMB Header 2
Nepal Life

झण्डै २० अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि घट्यो

National Life
  • BFIS News
  • 2024 Apr 18 15:41
झण्डै २० अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि घट्यो
Sanima Reliance

काठमाडौं । आज (बिहीबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा पुगेको छ।

बिहीबार बजारमा २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रूपैयाँको शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार २ अर्ब १० करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

Shikhar
NIMB

बिहीबार ३१५ वटा ऋणपत्र तथा धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच भएको छ।

आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर छ।  

यसदिन खानीखोला हाइड्रोपावरको कम्पनीको शेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ। यस्तै पोखरा फाइनान्सको ६.२१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५ सय २० रूपैयाँ पुगेको छ।

आज रूरू जलविद्युत परियोजनाको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको शेयर मूल्य ५ सय ४ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै गुराँस फाइनान्सको शेयरमूल्य ९.३९ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय २० रूपैयाँमा झरेको छ।

बिहीबार गुराँस फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२०  रूपैयाँमा १७ करोड ८२ लाख ८५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०४ रूपैयाँ ७० पैसामा १० करोड ५१ लाख ३७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया