Nepal Life

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

NMB Bank
  • BFIS News
  • 2024 Apr 18 15:51
लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता
National Life

काठमाडौं। नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो।

Shikhar
NIMB

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे। न्यादीले प्रतिकित्ता रु एक सयका दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्कासन गर्दैछ।

उक्त शेयरको रु ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४ सय बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो। यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग शेयर प्रत्याभूतिको कार्य गरिसकेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार