NIMB Header 2
Nepal Life

ड्रिम इन्टरनेशनल होटलले आइपिओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

National Life
  • BFIS News
  • 2024 Apr 18 17:38
ड्रिम इन्टरनेशनल होटलले आइपिओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Sanima Reliance

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। यसका लागि उसले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

Shikhar
NIMB

होटेलले आयोजना गरेको एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

अध्यक्ष रानाले पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित शेयर निष्कासन प्रक्रिया अघि बढाइएको बताए।  

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका सातवटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको र छिटै नै आइपिओ जारी गरी उक्त योजना अनुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया