Nepal Life

आक्रामक रणनीतिले पछाडी परेको एनआइसी एशिया बैंक, किन खस्कियो एकाएक ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sat 05:47
आक्रामक रणनीतिले पछाडी परेको एनआइसी एशिया बैंक, किन खस्कियो एकाएक ?
Sanima Reliance

काठमाडौं । कुनै समयमा बैंक भनेकै एनआइसी एशिया भन्ने थियो । बैंकको आक्रामक बजार विस्तार सँग गरेको अधिक विज्ञापनले बैंकको छाप आम जन जनमा पुगेको छ । नविल, नेपाल इन्भेष्टमेन्ट जस्ता बलिया बैंकलाई उछिन्ने तहमा पुगेको एनआइसी एशिया अहिलेको अवस्थामा नविल र नेपाल इन्भेष्टमेन्ट बैंकको सामान्य प्रतिस्पर्धी पनि बन्न नसक्ने अवस्थामा खस्केको छ ।

NIMB

हरेक चोक चोकमा शाखा सञ्जाल पुर्याएको बैंकले जुन गतिमा बजार विस्तार गर्न खोज्यो त्यहि गतिमा बदनामी पनि बन्दै गयो । बैंकिङ प्रणलीमा तरलता अभाव हुँदा एक साताको समेत मुद्दती निक्षेप ल्याएर पुरै बैंकिङ प्रणालीलाई चुनौती दिने एनआइसी एशियाकै कारण कयौ बैंकहरु राष्ट्र बैंकसम्म धाउनु पर्यो ।

तर केहि समय दुर्गा प्रसाइले सामाजिक सञ्जालमा बैंकको विषयमा नकारात्मक टिप्पणी गर्दा बैंकबाट ठुलो निक्षेप बाहिरिएको छ । जुन तेस्रो त्रैमाशिक वित्तीय विवरणमा झल्किन्छ । गत असारको तुलनामा बैंकको निक्षेप संकलन केवल ५.०७ प्रतिशतले बढेको छ जवकी कर्जा विस्तार ५.८९ प्रतिशतले बढेको छ । जुन विस्तार समग्र बैंकिङ प्रणालीको औषत भन्दा कम हो ।

कयौ बैंकहरु गएका वर्षमा मर्जरमा जादा एनआइसी एशिया हामी एक्लै सक्छौ भनेर जान चाहेन तर अहिले आएर बैंकलाई हरेक कुरामा गाह्रो परेको छ । बैंकको कर्जा लगानी क्षमता ‘क्यापिटल एडुकेसी रेसियो’ नपुग्दा बैंकले दुई वर्ष लाभांश बाड्न पाएन जसले गर्दा बैंकले बजार विस्तार पनि गर्न सकेन । यो नै बैंकको अधिगतीको प्रमुख कारण थियो । गएका वर्षमा लाभांश बाढ्न नपाएर प्रतिशेयर आम्दानी धेरै देखेका लगानीकर्ताहरु यस वर्षदेखि बैंकको शेयरमा आकर्षित हुन छाडिसकेका छन् । यस सँगै बैंकको शेयर मूल्य पनि ८५२ रुपैयाँबाट ३८३ रुपैयाँमा झरेको छ । यहि हिसावले बैंकको शेयर मूल्य आगामी दिनमा सुधार हुने देखिदैन ।   

बैंकिङ प्रणालीमा नराम्रो छाप बनाएको एनआइसी एशिया बैंकको विषयमा जो कोही निक्षेपकर्ता तथा ऋणी सकारात्मक देखिदैनन् । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा बैंकको मुनाफा ५३ प्रतिशतले गिरावट भएको छ । समिक्षा अवधिमा बैंकले एक अर्ब ९१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा बैंकको मुनाफा चार अर्ब एक करोड थियो । मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी पनि ४६ रुपैयाँबाट १७ रुपैयाँमा झरेको छ । एक वर्षकै अवधिमा प्रतिशेयर आम्दानी २९ रुपैयाँले घटेको हो ।  

बैंकले समिक्षा अवधिमा ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ७७ अर्ब रुपैयाँ घटेको छ । दुर्गा प्रसाइको हल्ला पछि बैंकको निक्षेप तथा कर्जा नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा ट्रान्फर भएका छन् । व्यवसाय खस्किए सँगै खुद व्याज आम्दानी पनि ९.९५ प्रतिशतले घटेर ८ अर्ब ८ करोडमा झरेको छ ।

खराव कर्जा ३.०८ प्रतिशत पुगेको छ भने वितरण योग्य मुनाफा ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँबाट २०५ रुपैयाँमा झरेको छ । यहि गतिमा अगाडी बढ्यो भने एनआइसी एशिया बैंक मर्जरमा जानुको विकल्प छैन । कुनै समयमा अत्याधिक वार्गेनिङका कारण मर्जरमा जान नसकेको एनआइसी एशिया अव बराबरी हैसियतमा मर्जरमा जानु पर्ने अवस्था आएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया