Nepal Life

मर्जर पछि शक्तिशाली बनेका नविल, ग्लोबल र नेपाल इन्भेष्टमेन्ट बने बलिया प्रतिस्पर्धी, हेर्नुहोस् कसको सूचक कस्तो ?

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Apr Sat 06:54
मर्जर पछि शक्तिशाली बनेका नविल, ग्लोबल र नेपाल इन्भेष्टमेन्ट बने बलिया प्रतिस्पर्धी, हेर्नुहोस् कसको सूचक कस्तो ?
Sanima Reliance

काठमाडौं । मर्जर पछि थप शक्तिशाली बनेका नविल बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले आकारमा मात्रै होइन हरेक सूचकमा अगाडी देखिएका छन् । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरे पूँजी, जगेडा कोषदेखि लिएर हरेक सूचकमा सुधार ल्याउन सफल भएको छ । नविल जस्तो अब्बल बैंकले कमजोर अवस्थाको नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरि स्ट्रेन्देन गरेको छ । यसले गर्दा बैंकलाई सिनर्जी प्राप्त गर्न सजिलो भएको हो । मर्जर पछि नेपाल बंगलादेश बैंकका कर्मचारीहरुको पनि सेवा सुविधामा बृद्धि भएको हुँदा आन्तरिक द्धन्द अन्य बैंकको जस्तो बाहिर आएर कम्पनीको कारोबार नै प्रभावित हुने अवस्था आएन ।

NIMB

त्यस्तै कुनै समयमा हरेक सूचकमा राम्रो देखिने गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले केहि कर्जामा भोग्नु परेको समस्याले गर्दा पछाडी देखियो । तर मर्जर पछि भने बैंक पुनः फर्ममा आएको छ । मेगा बैंकलाई प्राप्ति गरी पूँजीका हिसावले दोस्रो ठुलो बैंक बनेको नेपाल इन्भेष्टमेन्टको यस वर्ष मुनाफामा पनि सुधार देखिएको छ ।

अर्को तर्फ स्थापनाकालदेखि १७ वटा भन्दा बैंक वित्तीय संस्था सँग मर्जरको इतिहास बनाएको ग्लोबल आइएमई बैंक पूँजीका हिसावले सबैभन्दा अगाडी र अन्य सूचकमा पनि अगाडी आउने प्रयास गरिरहेको छ । मर्जर पछि राम्रो सिनर्जी देखिन थालिसकेकोमा आर्थिक मन्दीका कारण खराव कर्जाको सामाना गर्नु पर्दा बैंकको मुनाफामा नराम्रो असर पुर्याएको छ । ग्लोबलले पछिल्लो समय जनता र बैंक अफ काठमाडौं जस्ता राष्ट्रिय स्तरका बाणिज्य बैंकसँग मर्जर गरी इतिहास बनाएको छ ।

तीन बैंक विचको तुलना

मुनाफा

मुनाफाका हिसावले सर्वाधिक अगाडी देखिएका तीन बैंक मध्ये गत वर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको भने बढेको छ । गत वर्षको भन्दा ८.७६ प्रतिशतले मुनाफा घटेको देखिए पनि नविलको मुनाफा सर्वाधिक धेरै रहेको छ । नविल बैंकले ९ महिनामा ४ अर्ब ६६ करोड मुनाफा आर्जन गरेको छ । त्यस्तै ग्लोबलको तीन अर्ब ३० करोड र नेपाल इन्भेष्टमेन्ट मेगाको तीन अर्ब २७ करोड छ ।

प्रतिशेयर आम्दानी

प्रतिशेयरका हिसावले पनि नविल बैंक अगाडी रहेको छ । नविलको प्रतिशेयर आम्दानी २३ रुपैयाँ रहेको छ भने ग्लोबल र नेपाल इन्भेष्टमेन्ट मेगाको १२ रुपैयाँ रहेको छ । नविलको चुक्ता पूँजी कम र मुनाफा धेरै भएकाले पनि प्रतिशेयर आम्दानी अन्य दुई बैंकको तुलनामा राम्रो देखिएको हो ।  

खुद व्याज आम्दानी

खराव कर्जा बढेका कारण प्रोभिजिङ गर्नु पर्दा मुनाफा घटेको देखिए पनि बैंकहरुको खुद व्याज आम्दानी जस्तो सूचकमा भने सुधार नै देखिन्छ । यसले गर्दा पनि अर्थतन्त्रमा सुधार हुने वित्तीकै बैंकहरुको मुनाफामा व्यापक सुधार हुने निश्चित छ । तीन बाणिज्य बैंक मध्ये सबैभन्दा धेरै खुद व्याज आम्दानी गर्नेमा ग्लोबल आइएमई अगाडी छ । ग्लोबले ९ महिनामा १३ अर्ब २ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै नविलको १२ अर्ब ५५ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाको ११ अर्ब ३ करोड छ ।

चुक्ता पूँजी तथा जगेडा कोष

चुक्ता पूँजीका हिसावले सबैभन्दा अगाडी ग्लोबल रहेको छ भने जगेडा कोषका हिसावले नेपाल इन्भेष्टमेन्ट अगाडी छ । यस वर्ष मुनाफा बाडेका कारण नविलको जगेडा कोष घटेको हो । नेपाल इन्भेष्टमेन्टको जगेडा कोषमा २९ अर्ब ९८ करोड छ भने नविल सँग २७ अर्ब ७८ करोड छ । यस सँगै ग्लोबलको जगेडामा २२ अर्ब ४३ करोड छ ।

निक्षेप तथा कर्जा विस्तार

नेपाली बैंकहरुको कोर विजनेस नै निक्षेप संकलन गरि कर्जा परिचालन गर्ने हो । यस हिसावले तीन वटै बैंक कर्जा विस्तार र निक्षेपमा आक्रामक देखिएका छन् । यस वर्ष निक्षेपको तुलनामा कर्जा विस्तार एकदमै न्युन छ । निक्षेप तर्फ ग्लोबल अगाडी छ भने कर्जा तर्फ नविल अगाडी छ ।

समिक्षा अवधिमा नविलले १०.९८ प्रतिशतले निक्षेप बढाएको छ भने कर्जा विस्तार ११.३७ प्रतिशत रहेको छ । एनआइसी एशिया बैंक जस्ता केहि बैंकहरुको निक्षेपलाई तान्न सफल भएको छ । निक्षेपकर्ताले सबैभन्दा सुरक्षित बैंकको हिसावले नविललाई रोज्दा निक्षेपमा सुधार देखिएको हो ।

नविलले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप स्कलन गरि ३ खर्ब ६८ अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै ग्लोबल आइएमईले समिक्षा अवधिमा ७.८५ प्रतिशतले निक्षेप बढाएको छ भने ३.४२ प्रतिशतले कर्जा विस्तार गरेको छ । बैंकले चैत मसान्तसम्ममा ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि तीन खर्ब ६६ अर्ब कर्जा विस्तार गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि गत असारको तुलनामा १३.८२ प्रतिशतले निक्षेप संकलन गरि ३.०९ प्रतिशतले मात्रै कर्जा विस्तार गरेको छ । यसरी बैंकले पनि एनआइसी एशियाको केहि निक्षेप आफ्नो पोल्टामा पार्न सफल भएको छ । यस अवधिमा बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि तीन खर्ब १२ अर्ब कर्जा विस्तार गरेको छ ।

खराव कर्जा

खराव कर्जामा सबैभन्दा धेरै पिडित ग्लोबल आइएमई देखिएको छ । बैंकको खराव कर्जा ४.७४ प्रतिशत छ । यस सँगै नेपाल इन्भेष्टमेन्टको पनि ४.६६ प्रतिशत छ भने नविलको ४.०४ प्रतिशत छ । यसरी तीन वटै बैंकको खराव कर्जा ४ प्रतिशत भन्दा माथि छ ।

इम्पेरिमेन्ट चार्ज

खराव कर्जा बढे सँगै बैंकहरुको इम्पेरिमेन्ट चार्ज पनि बढेको छ । यसमा सबैभन्दा धेरै प्रोभिजनिङ ग्लोबलले ५ अर्ब २६ करोड त्यस सँगै नविलले ३ अर्ब २३ करोड र नेपाल इन्भेष्टमेन्टले तीन अर्ब ४ करोड प्रोभिजनिङ गर्नु परेको छ ।

प्रतिशेयर नेटवर्थ तर्फ नविल सबैभन्दा अगाडीदेखिएको छ भने कष्ट अफ फण्ड तर्फ पनि नविलको बसैभन्दा कम त्यस पछि ग्लोबलको सबैभन्दा धेरै छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया