NIMB Header 2
Nepal Life

रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Apr 21 07:53
रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन (बैशाख ९) हो। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरिसकेपछि बाँकी रहेको शेयर चैत २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्री खुला गरेको थियो।

Shikhar
NIMB

आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गरिएको हो।

कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले १:०.५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।

उक्त हकप्रदमा आवेदन दिने ६० हजार ६०२ शेयरधनीहरुलाई ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयर बाँडफाँट भएपछि बाँकी रहेको अवितरित हकप्रद शेयर बिक्रीमा ल्याइएको हो।

यो शेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन दिन सक्नेछन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया