Nepal Life

शेयर बजार १९५० को मनोबैज्ञानिक सपोर्टबाट फर्कियो, २० अंकको बाउन्स व्याक सहित १२ अंकले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:06
शेयर बजार १९५० को मनोबैज्ञानिक सपोर्टबाट फर्कियो, २० अंकको बाउन्स व्याक सहित १२ अंकले बढ्यो
Sanima Reliance

काठमाडौं । शेयर बजार १९५० को मनोबैज्ञानिक सपोर्ट पछि फर्किएको छ । दुई महिनादेखि लगातार ओरालो झरिरहेको बजारले सबैभन्दा तल्लो बलियो सपोर्ट विन्दु कुरिरहेको थियो । आज १९५४ अंकसम्म तल झरेर बजार फर्किए सँगै अव बजार विस्तार बढ्ने बजार विश्लेषक अर्जुन डङ्गोलको विश्लेषण छ । उनले भने ‘यदि भोलि पनि बजार बढ्यो भने अव नेप्से १९५० भन्दा तल आउदैन । तर आज भोलुमले साथ दिनु पर्छ । जुन अहिले देखिएको छैन ।’

 

NIMB

बजार १९५४ अंकमा आउने वित्तीकै स्ट्रङ सपोर्ट देखिरहेका लगानीकर्ताले खरिद गर्न सुरु गरेका थिए । यसले गर्दा आजै बजार फर्किएको हो । आज बायर हाबी भए पनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छैन । तर भोलि कारोबार रकम बढ्यो भने बजारले केहि समय उकालो यात्रा तय गर्ने विश्लेषकहरु बताउछन् ।

बजार बढ्दा समग्र नेप्से भन्दा पनि सेक्टरवाइज घटबढ भइरहेको विश्लेषकहरु बताउछन् । बजार घट्दा पनि कुनै सेक्टर बढिरहेको हुँदा घट्दो बजारमा पनि कतिपय लगानीकर्ताले राम्रै पैसा कमाउने अवस्था रहेको बजार विश्लेषक नबराज दाहाल बताउछन् । शेयर बजारमा नराम्रा सूचना प्रवाह गर्दै चलखेल गर्ने हाबी हुँदा सानातिना लगानीकर्ता मर्कामा परिरहेको उनको विश्लेषण छ ।

बजार बढ्छ भन्ने हल्ला सुनेर शेयर खरिद गर्ने अनि अझै बजार घट्छ भन्ने हल्लाको पछि लागेर बिक्री गर्नै दुबै पक्ष अहिले बजारबाट पिडित छन् । जसले कम्पनी छानेर सेक्टरवाइज कारोबार गरिरहेका छन् उनिहरुले भने राम्रो कमाइरहेका छन् । यसरी कमाउनेहरु पनि बजारमा ह्वीम पिटेर सम्बन्धित कम्पनीमै राम्रो चलखेल गरिरहेका छन् ।

आइतबार बाणिज्य बैंक तथा म्युचुअल फण्ड बाहेक अन्य सूचक बढेका छन् । बैंकहरुको वित्तीय विवरण धेरै नै नकारात्मक आएकाले पनि बजारमा नराम्रो असर पारेको देखिन्छ । बाणिज्य बैंकको यस्तो अवस्थालाई राम्रो सँग बुझेका तथा भित्रि सूचना थाहा पाउनेहरुले बैशाख पहिलो साता बजार घट्छ भनिरहेका थिए । जव उनिहरुको कुराले बजार तल्लो विन्दुमा झर्यो त्यस पछि तल्लो विन्दुबाट पुन बढ्न सुरु गरेको हो ।

आइतबार नेप्से सूचक १२.२९ अंकले बढेर १९८४ अंक कायम भएको छ । आजको सर्वाधिक तल्लो विन्दुलाई आधार मान्ने हो भने बाउन्स व्याक सहित ३० अंकको सुधार देखिएको छ ।

आज २ अर्ब २५ करोडको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन हाइड्रो र फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । डोर्टी पावरमा सकारात्मक सर्किट लागेको छ भने १७६ वटा कम्पनीमा सुधार देखिएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया