श्रावन महिनामा खाता खोल्ने महिलालाई एनएमबी बैंकमा विशेष छुट

  • BFIS News
  • 2023 Aug Thu 04:49
श्रावन महिनामा खाता खोल्ने महिलालाई एनएमबी बैंकमा विशेष छुट

काठमाडौं । एनएमबी बैंकले श्रावन महिनामा खाता खोल्ने महिलालाई विशेष अफर गरेको छ । बैंकले एनएमबी स्मार्ट नारी बचत खाता खोल्दा वार्षिक स्वास्थ्य परिक्षणमा ५ हजार रुपैयाँसम्मको क्यास व्याकको व्यवस्था गरेको हो ।

 

यस खाताधनीले ७.९८ प्रतिशतको उच्चतम व्याजदर पाउने छन् । निःशुल्क डिलाइट कार्ड, क्रेडिट कार्ड तथा डलर कार्डको सुविधा रहेको छ । यस बचत खातामा निशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङको सुविधा साथै फ्रि इन्टर बैंक फण्ड ट्रान्सफर गर्न पाइने छ । श्रावन महिनाको लहरमा बैंकले महिलाहरुलाई विशेष अफर सार्वजनिक गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया