Nepal Life

धेरैपछि आइतबार हरियाली छाएको शेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 15:45
धेरैपछि आइतबार हरियाली छाएको शेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट
National Life

काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस दिन नेप्से १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा बन्द भएको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेप्से १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा बन्द भएको थियो।

Shikhar
NIMB

सोमबारको दुई अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँले कमी आएको हो।

यस दिन ३२० वटा धितोपत्रको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच भएको हो। सोमबार ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६५० रूपैयाँ कायम भएको छ।
यस्तै, प्रभु स्मार्ट फण्डको मूल्य ५.८० प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ९४ पैसा पुगेको छ।

दोल्ती पावरको सेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४५१ रूपैयाँ १० पैसा कायम भएको छ।
यस्तै, एनआइसी एशिया लघुवित्तको शेयरमूल्य ७.२४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६५० रूपैयाँमा झरेको छ।

सोमबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७५४ रूपैयाँ ६० पैसामा ११ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०८ प्रतिशत घटेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३५९ रूपैयाँमा १० करोड १० लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्यूचुअल फण्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार