नेपाल एसबिआइको ऋणपत्र आज, ब्याज दर ९ प्रतिशत

  • BFIS News
  • 2023 Aug Thu 05:18
नेपाल एसबिआइको ऋणपत्र आज, ब्याज दर ९ प्रतिशत

काठमाडौं । नेपाल एसबीआई बैंकले बिहीबारबाट १० बर्षे अवधिको ऋणपत्र जारी गरेको छ । बैंकले जारी गरेको ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ र  व्याजदर भने ९ प्रतिशत रहेको छ । बैंकले निष्कासन गरेको कुल २ अर्ब रुपैयाँको ऋण पत्रमा एक अर्ब २० करोड रुपैयाँको व्यक्तिगत तवरबाट र बाँकी ८० करोड रुपैयाँको ऋणपत्र सर्वसाधाणलाई बिक्री गर्ने भएको छ । सर्वसाधारण तर्फको ४० करोड मध्ये ५ करोड सामुहिक लगानीकोषलाई छुट्टाइएको छ ।

बैंकले छिटोमा साउन २२ गते सम्म निष्कासन खुला गर्ने गर्ने छ । ढिलोमा भने आगामी साउन ३२ गते सम्म बिक्री खुला हुनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । ऋणपत्रको व्याज भुक्तानी हरेक आर्थिक बर्षको साउन र माघ महिनामा हुने विवरण पत्रमा उल्लेख छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार