कामना सेवा विकास बैंकको मुनाफा २६ प्रतिशतले घट्यो, प्रोभिजनिङ ७६ प्रतिशतले बढ्दा इपिएस १३ रुपैयाँ

  • BFIS News
  • 2023 Aug Thu 08:35
कामना सेवा विकास बैंकको मुनाफा २६ प्रतिशतले घट्यो, प्रोभिजनिङ ७६ प्रतिशतले बढ्दा इपिएस १३ रुपैयाँ

काठमाडौं । कामना सेवा विकास बैंकको मुनाफा २६ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ४३ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षको मुनाफा ५९ करोड थियो ।

बैंकको निक्षेप संकलन, कर्जा विस्तार, खुद व्याज आम्दानी लगाएतका सूचकमा सुधार देखिए पनि प्रोभिजनिङका कारण मुनाफामा गिरावट देखिएको हो । बैंकले यस वर्ष ५० करोड रुपैयाँ प्रोभिजिनिङ गरेको छ । गएको वर्षमा यस्तो रकम २८ करोड थियो ।

बैंकको खुद व्याज आम्दानी ८.६५ प्रतिशतले मात्रै बढेको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । निक्षेप संकलन १५ प्रतिशतले बढ्दा कर्जा विस्तार जम्मा ३.६६ प्रतिशतले मात्रै विस्तार भएको छ । समिक्षा अवधिमा बैंकले ५३ अर्ब ४७ करोड निक्षेप संकलन गरेर ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । पूँजीकोष अनुपात १२ प्रतिशतले रहेको छ भने खराव कर्जा २.९८ प्रतिशत छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ रहेको छ । चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ छ । जगेडा कोष ३६ प्रतिशतले बढेर एक अर्ब ४६ करोड पुगेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार