Nepal Life

लागानीकर्ताले अर्थमन्त्रीलाई बुझाए ७ बुँदे माग सहितको ज्ञापनपत्र, पुरा नगरे लगानी सम्मेलनलाई घेर्ने चेतावनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 21:15
लागानीकर्ताले अर्थमन्त्रीलाई बुझाए ७ बुँदे माग सहितको ज्ञापनपत्र, पुरा नगरे लगानी सम्मेलनलाई घेर्ने चेतावनी
Sanima Reliance

काठमाडौं । शेयर बजार सँग सम्बन्धित ५ लगानीकर्ता संघ संघठनले संयुक्त रुपमा अर्थमन्त्री वर्षमान पुनलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरुले अर्थमन्त्रीलाई भेटेर शेयर बजारमा तत्काल सुधारका कार्यक्रमहरु नगर्ने हो भने लगानीकर्ताहरु पलायन हुनुपर्ने अवस्था आउने भन्दै ध्यानाकर्षण गराएका छन् ।

NIMB

ज्ञापन पत्रमा नेपाल सेयरधनी संघका अध्यक्ष जि.एस, पाण्डे, स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष शुशील लुनिया, नेपाल धितोपत्र लगानीकर्ता संघ अध्यक्ष प्रकास रजोरे, नेपाल जनरल इन्भेष्टर एसेसियसनका अध्यक्ष दिपक कार्की र स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘शेयरलाई तत्काल सुधार र बिस्तारका काम नभए बचे खुचेका हामी लगानीकर्ताहरु समेत पलायन हुनुपर्ने र पूँजी बजारले अकल्पनीय क्षति ब्यहोर्नपर्ने अवस्था आउनसक्छ । यस्तो विकराल अबस्थाले देशमा लगानीको वातावरण बन्न सक्दैन र आसन्न लगानी सम्मेलनमा समेत गंभीर प्रश्न खडा हुनसक्ने तर्फ ध्यानाकर्षण गराउँछौं ।’

मन्त्रीले कार्यभार सम्हालेको पनि लामो समय भईसक्दा पूँजी बजारको सुधार र बिस्तारका लागि गर्नुपर्ने महत्वपूर्ण कामहरु नभई पूँजी बजार झन् संकटग्रस्त भएर लगानीकर्ताहरु चरम निराश हुनुपर्ने अवस्था आउनु दुखद कुरा भएको लगानीकर्ताले जनाएका छन् । नियमनकारी निकायहरु मार्फत पूँजी बजार सुधार सम्बन्धी कार्य योजना तथा सुधारका लागि सुझाव मागेर पनि प्रकृयाँ अगाडी नबढाएको भन्दै उनिहरुले दुख व्यक्त गरेका छन् ।

पूँजी बजारमा केही समय अघि २० अर्ब भन्दा बढीको दैनिक कारोबार हुन थालेकोमा अहिले २ अर्ब हाराहारीमा झरेको लगानीकर्ताको भनाइ छ । ३५ खर्ब भन्दा बढीको पूँजीकरण क्षति हुँदा लाखौं लगानीकर्ताले सर्बस्व गुमाउनु परेको लगानीकर्ताको भनाइ छ । यसरी बजार पूँजीकरण ओरालो झर्दा सरकारको राजश्वमा समेत गंभीर धक्का लागेको छ ।

धेरै बाणिज्य बैंकको सेयर मूल्यमा ६० प्रतिशतसम्म गिरावट आएर प्रतिसेयर नेटवर्थकै तह भन्दा तल झर्दा लगानीकर्ताको मनोबल झन् खस्किएको भन्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । यसले गर्दा बजारबाट ७५ प्रतिशत लगानीकर्ताहरु पलायन भईसकेका लगानीकर्ताले उल्लेख गरेका छन् ।

तसर्थः पूँजी बजारलाई तत्काल उद्धार गरी देशमा लगानीको वातावरण बनाउँन र आसन्न लगानी सम्मेलनलाई सफल बनाउँन अर्थमन्त्रीबाट पूर्व प्रतिबद्धता बमोजिम तत्काल ठोस निर्णयहरु सार्वजनिक हुनु अति आबश्यक रहेको लगानीकर्ताको भनाइ छ । अर्थमन्त्रीबाट पूर्व प्रतिबद्धता बमोजिमका निर्णयहरु सार्वजनिक नभएमा पूँजी बजारका ६२ लाख लगानीकर्ताहरुको तर्फबाट लगानी सुरक्षाको माग गर्दै आसन्न लगानी सम्मेलनलाई घेर्नेसम्मका अप्रिय गतिविधिहरु गर्न बाध्य हुने भन्दै लगानीकर्ताले चेतावनी दिएका छन् ।

चेतावनी सहितको ध्यानाकर्षणमा लगानीकर्ताले निम्न मागहरु पेश गरेका छन्

१. शेयर धितोकर्जामा लगाईएको १५/२० करोडको सीमा हटाईनु पर्ने ।

२. शेयरकर्जामा लगाईएको जोखीमभार १२५% बाट घटाई १००% कायम गर्नु पर्ने ।

३. अल्पकालिक लगानीकर्ता लाई ५% र दीर्घकालिक लगानिकर्ता लाई ३% मात्र पूँजीगत लाभकर कायम गर्नु पर्ने ।

४. सक्षम र धितोपत्रसम्बन्धी अनुभवी व्यक्तीलाई अबिलम्ब धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने ।

५. प्रिमियममा IPO निकाल्ने काम बन्द गर्नुपर्ने ।

६. व्यवसायीहरूलाई पलायन गराउने बाफिया ऐनलाई व्यावहारिक बनाइयोस । संस्थापक लगानीकर्तालाई पलायन गराए पूँजी बजारमा आपूर्ति बढ्न गई बजार धरासयी हुन्छ, सरकारको ध्यान जाओस्। कुनै पनि व्यबसायमा लगानी गर्न पाउने व्यवसायीको नैसर्गिक अधिकारको संरक्षण गरियोस । ऐनमा भएका बिरोधाभास कुराहरू हटाइयोस ।

७. बजारमा संस्थापक लगानीकर्तालाइ प्रवेश गराउने, बैक तथा बित्तिय संस्थालाइ उनीहरूके कोर क्यापीटलको निश्चित प्रतिशत रकम पूंजिबजारमा लगानी गर्न पाउने नीतिगत व्यबस्था गरि बजारमा माग सृजना गर्नेकाम अभिलम्व गरियोस ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया