Nepal Life

शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ, यि हुन लगानीकर्ताले सधै ध्यान पुर्याउनु पर्ने कुराहरु

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Apr Sat 14:46
शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ, यि हुन लगानीकर्ताले सधै ध्यान पुर्याउनु पर्ने कुराहरु
Sanima Reliance

काठमाडौं । शेयर बजार एकदमै जोखिमयुक्त क्षेत्र हो । जति धेरै जोखिम छ जान्यो भने त्यति नै धेरै आम्दानी गर्न सक्ने अवसर पनि छ । कयौ लगानीकर्ताले दोस्रो बजारबाटै धेरै ठुलो सम्पत्ती जोड्न सफल भएका छन् भने कयौ व्यक्तिहरु घरबार विहिन पनि भएका छन् । त्यसैले यो क्षेत्रमा लगानी गर्दा धेरै सचेत हुन आवश्यक छ ।  

NIMB

पुँजी बजारमा लगानी गर्न चाहानेहरुले अनुकुल/प्रतिकुल परिस्थिति हेर्नु पर्ने हुन्छ । शेयर बजारलाई धेरै कुराहरुले प्रभाव पारिरहेको हुन्छ । एउटा कारणले मात्रै शेयर बजारलाई सधै उत्तीकै प्रभाव पार्छ भन्ने हुँदैन । यो मास साइकलोजी हो । धेरै मानिसहरुको मनोविज्ञानबाट बजार चल्ने भएकाले कहिले पनि शेयर बजार सरल रेखामा अगाडी बढ्दैन । उहि समयमा कसैले बजारमा जोखिम देखिरहेका हुन्छन् भने कोहि जोखिम पनि देखिरहेका हुन्छन् । यसले गर्दा शेयर बजार चलायमान हुन्छ ।

जहिले पनि अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि लगानीकर्ताले आफ्नो लगानीलाई विविधिकरण गर्नु पर्छ । तर हामी जहिले पनि हौसिएर धेरै पैसा कमाउने धाउन्नमा एउटै पोर्टफेलियो तथाल स्क्रिप्टमा मात्रै केन्द्रित हुन्छौ । यसो गर्दा निश्चित समय कमाएको जस्तो देखिए पनि अन्तिमकालखण्डसम्ममा ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ ।

धेरै कमाउने अभिलासाका साथ आफुसँग भएको सम्पुर्ण कोषका साथ साथै कर्जा लिएर पनि लगानी गर्दा सबैभन्दा ठुलो जोखिम हुन्छ । त्यसैले लगानीकर्ताले जहिले पनि प्रतिकुल अवस्थाका लागि पर्याप्त आपतकालीन कोषको व्यवस्था गरेको हुनुपर्छ ।  सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ । जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फीतिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ ।

लगानी गर्नु अघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ । छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरुको पछि लगानीकर्ता लाग्नुहुदैन ।  हतारमा लगानीको निर्णय गर्नु हुदैन ।

अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुदैन । आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटर लगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ । सामाजिक सञ्जाल मार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नुहुदैन । इन्टरनेटमा पाइने कुनै पनि लगानी सम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधकरणको फाइदालाई बुझुन्पर्छ ।  लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्य अनुसारको लगानी योजना बनाउनुपर्छ । के मा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ । कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ ? लगानीकर्ताले थाहा पाउनु पर्छ । लगानीका प्रकृया लगायत लगानीसम्बनधीत विद्यमान ऐन, कानुन लगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ ।

लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ । बाजारमा सुनीने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुदैन । वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानी सम्बन्धी निर्णय गर्नुपर्छ । वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुनसक्ने जोखिमहरु के के हुन थाहा पाउनुपर्छ । लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो? कुन होइन ? भन्ने छुटयाउन सक्नुपर्छ । द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णय प्रति सधैं सचेत हुनुपर्छ ।

सेयर बजारमा लगानी गर्दा ध्यान दिनैपर्ने कुराहरु यसप्रकार छन्:-

१. हल्लाको पछाडी नलाग्ने

कतिपय लगानीकर्ताहरु हल्लाको भरमा बजारमा लगानी गरिरहेका हुन्छन् । यसरी लगानी गर्दा लगानी डुब्ने प्रबल सम्भावना हुन्छ । हल्लाको भरमा गरिएको लगानी क्षणभरमै खरानी पनि बन्न सक्छ । हल्लाको पछि लाग्दा जोखिम बढी हुन्छ । त्यसैले सेयर बजारमा लगानी गर्नुपर्व अध्यनशील हुनु अत्यन्तै जरुरी हुन्छ । बजारको बारेमा राम्ररी बुझेर उपयुत्क कम्पनीको छनोट गरी लगानी गर्ने गर्नुपर्छ । यसो गर्दा कम जोखिम रहन्छ ।

२. कम्पनीको बारेमा जानकारी

आफूले लगानी गर्न लागेको कम्पनी कस्तो छ ? यसको व्यवस्थापन समूह कस्तो छ ? कम्पनीको वित्तीय अवस्था कस्तो छ ? यी सबैको बारेमा अध्ययन गर्नुपर्छ । कम्पनीको सबै पक्ष ठिक छ भन्ने निचोड निकालेपछि मात्र त्यस्तो कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ ।

३. जोखिम बहन गर्न सक्ने क्षमता

कतिपय व्यक्तिहरु सेयर बजारमा लगानी गर्ने वित्तिकै मालामाल भइन्छ भन्ने भ्रममा छन् । त्यसैले उनीहरु आफ्नोई जोखिम बहन गर्ने सक्ने क्षमताको मूल्यांकन नै नगरी बजारमा लगानी गरिहाल्छन् । जसले गर्दा पछुताउनुपर्ने अवस्था आउन पनि सक्छ । बजार सधैँ बढिरहन्छ भन्ने छैन कहिकाही सेयर बजारमा ठुलै करेक्सन आउन पनि सक्छ । त्यसैले लगानी गर्दा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमतालाई मुल्याकन गरेर मात्र लगानी गर्नुपर्छ ।

४. वित्तीय विवरणको अध्ययन गर्ने

सेयर बजारमा लगानी गर्नु जोखिम कुरा हो । यहाँबाट छिनमै कमाउन पनि सकिन्छ भने छिनमै डुब्न पनि । त्यसैले कम्पनीले प्रकाशन गर्ने हरेक त्रैमासिक वित्तीय विवरणको अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ । लगानीकर्ताले जहिलेपनि पिई रेसियो कम भएको र प्रतिसेयर आम्दानी बढी भएको कम्पनीमा लगानी गर्नुपर्छ ।

त्यसैगरी, कम्पनीले कति खुद नाफा आर्जन गरेको छ, वितरणयोग्य आम्दानी कस्तो छ ? सो बारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको लाभांश वितरण गर्न सक्ने अवस्थाको पानो अध्ययन गर्नुपर्छ । कम्पनीको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्नु ठिक छ या छैन भन्ने निष्कर्ष निकालेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

५. कुन बेला किन्ने, कुन बेला बेच्ने ?

कतिपय लगानीकर्ताहरु बजार घट्ने बित्तिकै आत्तियर बेचिहाल्ने प्रवित्तिका हुन्छन् । यसो गर्दा घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । बजार बढ्नकै लागि घटेको हुन्छ । घटिरहन्छ नै भन्ने हुँदैन । एउटा निश्चित विन्दुमा पुगेपछि पनि बजारले पुन गति लिन्छ । त्यसैले बजार घट्ने बित्तिकै बेचिहाल्नु हुँदैन । कतिपय लगानीकर्ताहरु अझै नाफा कमाउने लोभमा बजारमूल्य बढेको बेला पनि होल्ड गरेर राख्छन् यसो गर्दा पनि जोखिम नै हुन्छ । किनभने बजार एउटा निश्चित विन्दुमा पुगेपछि पुनः करेक्सन आउँछ । आफुले किनेको सेयर नाफामा गएपछि प्रोफिट बुक गरिहाल्नुपर्छ । बजार बढ्दा बेच्ने र बजार घट्दा किन्ने गर्नु उपयुक्त हुन्छ ।

६. अध्यनशील हुने

लगानी गर्नुपूर्व जहिले पनि सेयर बजारको पछिल्लो अवस्था, आफुले लगानी गर्ने कम्पनीको अवस्था लगायत सम्पूर्ण अवस्थाको अध्ययन गर्नुपर्छ । बजार सधैं एकनास हुँदैन । बढ्ने र घट्ने बजारको नियम नै हो । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरुमा सधैँ चनाखो बन्नुपर्छ । यद्यपि बजारमा लगानी गर्दा स्वविवेक प्रयोग गर्नु नै उपयुक्त हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया