पूँजीबजार लगानीकर्ताको आन्दोलन स्थगित
- BFIS News
- 2024 Apr 28 08:06
काठमाडौं । पूँजीबजारका लगानीकर्ताहरुले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेका छन्। पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले पूँजीबजार सुधार तथा विकासका माग राखि शनिबारदेखि गरिएको आन्दोलन फिर्ता लिएको बताएका हुन्।
उनले अर्थमन्त्रालयबाट लगानीकर्ताको जायज मागहरुलाई वैदेशिक लगानी सम्मेलनलगत्तै वार्तामा बसी सामाधान गर्ने प्रतिवद्धता आएपछि आन्दोलन स्थगित गरिएको बताए। साथै सम्मेलन सफल बनाउनु हामी सबैको दायित्व पनि भएकाले सम्मेलनलक्षित आन्दोलन फिर्ता गरिएको बताए।
पाठकले लगानी सम्मेलनलगत्तै वार्तामा बसी समस्या समाधान गर्ने तर्फ अर्थ मन्त्रालय अग्रसर नभए फेरि आन्दोलन चर्काउने चेतावनी पनि दिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)



प्रतिक्रिया