Nepal Life

नेपाल लाइफको नयाँ बोनसदर घोषणा, सावधिक जीवन बीमामा सर्वाधिक धेरै फाइदा ८५ रुपैयाँसम्म पाइने

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 11:18
नेपाल लाइफको नयाँ बोनसदर घोषणा, सावधिक जीवन बीमामा सर्वाधिक धेरै फाइदा ८५ रुपैयाँसम्म पाइने
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत गरे सँगै बीमितका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । 

NIMB

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनदर अनुसार बीमितले सर्वाधिक प्रतिहजार ८५ हजार रुपैयाँसम्म बोनसदर पाएका छन् । कम्पनीले अग्रिम भुक्तानी बाहेक सम्पुर्ण सावधिक जीवन बीमामा आकर्षक र सर्वाधिक धेरै बोनसदर दिने भएको हो ।

अग्रमि भुक्तानी सावधिक जीवन बीमामा  बीमाङ्कीय मूल्याङ्कन कम आउने भएकाले न्युनतम ५० रुपैयाँ निर्धारण गरिएको छ । सावधिक जीवन बीमा पोलिसी खरिद गर्नेले न्युनतम ६० रुपैयाँदेखि प्रतिहजार ८५ रुपैयाँसम्म पाएका छन् ।

सावधिक जीवन बीमालेख योजनामा बीमितले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रति हजारका दरले बोनस पाएका हुन् । यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन् ।

त्यसैगरी, सावधिक जीवन बीमालेख अन्तर्गतका नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ । सोही बीमालेखको जीवन समुन्नत बीमा योजनामा कम्पनीले बीमितलाई न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ र विकल्प २) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । त्यस्तै, यही बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क योजनामा बीमितले न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमा योजनामा बीमितलाई न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, अग्रिम झुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि योजनाको सबै बीमा अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेखको सबै बीमा अवधिमा कम्पनीले बीमितलाई समान ५० रुपैयाँ बोनस दिने भएको छ । यस बीमालेखमा धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती छोराछोरी र सदावहार जीवन बीमा योजना रहेका छन् ।

त्यस्तै, बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको नौलो जीवन सम्वृद्धि बीमा योजनाको सबै बीमा अवधिमा ५१ रुपैयाँ बोनस पाउनेछन् । यता, अन्य बीमालेखको जीवन सारथी योजनामा बीमितलाई कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नेपाल लाइफले जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै बोनसदर दिदै आएको छ । हरेक वर्ष आकर्षक बोनसदर दिदै आएको नेपाल लाइफले बीमितलाई आकर्षक भुक्तानी दिने गरेको छ । गएको वर्ष फ्युचर बोनस प्रोभिजनिङका कारण केहि बीमा पोलिसीमा बोनसदर घटेपनि यस वर्ष भने बढाउन सफल देखिएको छ । 

अवको केहि वर्षमा सत प्रतिशत फ्युचर बोनस प्रोभिजनि हुने र त्यस पछिका वर्षमा कम्पनीले कहिले पनि अहिले निर्धारण गरेका बोनसदर भन्दा तल झरेर दिनु पर्ने अवस्था आउने छैन । जसले गर्दा बीमितले ढुक्कका साथ हरेक वर्ष आकर्षक प्रतिफलका लागि बीमा गर्न सक्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया