Nepal Life

साताको कारोबारको पहिलो दिनमै दोहोरो अंकले बढ्यो नेप्से

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:49
साताको कारोबारको पहिलो दिनमै दोहोरो अंकले बढ्यो नेप्से
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढेको छ। यसदिन नेप्से ०.७२ अंकले बढेर १९८०.२७ विन्दुमा बन्द भएको छ।

NIMB

आइतबारको बजारमा दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोड रूपैयाँले बढेको हो। यस दिन ३०८ वटा धितोपत्रको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७० रूपैयाँ कायम भएको छ। यस्तै, प्रोग्रेशिभ फाइनान्सको सेयरमूल्य ७.६२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३५३ रूपैयाँ पुगेको छ।

रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ४.६३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३५० रूपैयाँ कायम भएको छ। यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड–२ को मूल्य ४.१७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ४ पैसामा झरेको छ।

आइतबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६७० रूपैयाँमा १३ करोड ०५ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा मल्टीपर्पस फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४६ रूपैयाँ ३० पैसामा १० करोड ९९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.३४ प्रतिशतले बढेको भने बाँकी १२ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया