कालिका लघुवित्तको मुनाफा ३ करोड २१ लाख, हेर्नुहोस् संस्थाका वित्तीय सूचकहरु

  • BFIS News
  • 2024 Apr Mon 13:11
कालिका लघुवित्तको मुनाफा ३ करोड २१ लाख, हेर्नुहोस् संस्थाका वित्तीय सूचकहरु

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाशिक अवधिमा ९.८२ प्रतिशतले मुनाफा घटेको छ । संस्थाले समिक्षा अवधिमा ३ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ३ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा ४.५९ प्रतिशतले निक्षेप सुधार गरि एक अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ भने कर्जा विस्तार जम्मा ०.४९ प्रतिशतले मात्रै बढाएर ३ अर्ब ६९ करोड मात्रै विस्तार गरेको छ ।

खुद व्याज आम्दानी ८.७९ प्रतिशतले घटेको छ भने प्रोभिजनिङ ५५.९१ प्रतिशतले बढेको छ । यसले गर्दा मुनाफामा असर पारेको संस्थाले जनाएको छ । संस्थाको चुक्ता पूँजी ३७ करोड २३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ९१ लाख रुपैयाँ जम्मा भएको छ । खराव कर्जा ४.९६ प्रतिशतबाट ५.६० प्रतिशत पुगेको छ । संस्थाले अवको तीन महिनामा कर्जार रिकभरीमा ठुलो मिहिनेत गर्नु पर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया