कालिका लघुवित्तबाट डालुमाया गुरुङले पाइन् दोस्रो जीवन, कठिन परिस्थितिमा दिएको साथले ल्यायो कायापलट

  • BFIS News
  • 2024 Apr Mon 14:16
कालिका लघुवित्तबाट डालुमाया गुरुङले पाइन् दोस्रो जीवन, कठिन परिस्थितिमा दिएको साथले ल्यायो कायापलट

काठमाडौं । हरेक मानिसको जीवनमा आरोह अवरोह आउछन् । कहिले चरम दुख त कहिले पिडा । मानसिले त्यतिवेला दुखलाई सुखमा बदल्छ त्यतिवेला कसैको साथ सहयोग र भरोसा पाउछ ।

यस्तो साथ सहयोग र भरोसा पाएर पर्वत जिल्लाकी डालुमाय गुरुङले दोस्रो जीवन पाएकी छिन् । समाजमा लघुवित्त वित्तीय संस्थाहरु प्रति विभिन्न सञ्चार माध्यममा जति धेरै नकारात्मक धारणा आउछन् त्यो भन्दा धेरै माथि वास्तविकता छन् । जसलाई कसैले पनि नजर अन्दाज गरिरहेका हुँदैनन् ।  

पर्वत जिल्ला पैयुँ गाउँपालिका वडा नं १ टकलाक स्थाई ठेगाना भई हाल वालिङ ९ भुम्रेमा व्यवसाय संचालन गर्दै आइरहेकी डालुमाया गुरुङ्ले २०५८ सालमा आफ्नै गाँउका टुकबहादुर गुरुङसँग अन्तरजातिय विवाह गरिन् ।  

अन्तरजातिय विवाह गरेकै कारण समाजले गरेको तिरस्कार विभेदले गर्दा गाँउ छाडी नजिकै पर्बत त्रिबेणीमा श्रीमान श्रीमती मिलेर होटल व्यवसाय संचालन सुरु गरे । घर माइती नजीकै व्यवसाय भएको कारण राम्रोसँग व्यवसाय चल्न सकेन ।

बिहे गरेको ६ बर्षमा ३ सन्तानकी आमा बनेकी डालुमायालाई छोराछोरी हुर्काउन निकै कठिन परे पछि उनले श्रीमानलाई वैदेशिक रोजगारका लागि भारत पठाइन् । यस सँगै उनि २०६४ सालदेखि वालिङ ९ भुम्रेमा बस्न थालिन् ।

छोराछोरीलाई हुर्काउन, पढाउन, कोठा भाडा तिर्न निकै गाह्रो भए पछि उनी दिनभरी अरुको घरमा गएर काम गर्न थालिन् । यसरी नै उनले विहान बेलुकाको छाक टार्नु पर्यो । भारत गएका श्रीमान सम्पर्क विहिन भएपछि परिवारमा झन् गाह्रो भयो ।

घरपरिवार माइतीबाट साथ नपाए पनि छोराछोरीका लागी पनि केही गर्नुपर्छ भन्ने लागेर उनि २०६६ सालमा स्थापना भएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (साबिक कालिका माइक्रेडिट डेभलपमेन्ट बैंक) शाखा कार्यालय वालिङमा २०६७ साउन ६ गतेदेखि सञ्चालन भएको ७ दिनको तालिममा सहभागी भइन् ।

उक्त ७ दिनको तालिममा उनले लघुवित्तको कर्जा तथा बचतको बारेमा जानकारी लिएर दिदिबहिनीहरुलाई समुहमा जम्मा गराइ आवद्द भइन् । त्यसपछि उनको मासिक वचत तथा कर्जाको कारोबार सुरु भयो । सुरुमा ३० हजार रुपैयाँ कर्जा लिएर सानो होटल (चिया नास्ता) व्यवसाय सुरुवात गरेकी डालुमाया क्रमस कर्जा रकम वृद्धि गर्दै व्यवसाय बढाउन सफल भइन् । यस सँगै उनलाई छोराछोरी पढाउन हुर्काउन सहज हुँदै भयो ।

कोठा भाडा समेत तिर्न नसक्ने अवस्थाकी डालुमायाले होटल व्यवसायबाट राम्रो पैसा आर्जन गर्न थालिन् । यसै क्रममा सम्पर्क विहिन श्रीमान पनि सम्पर्कमा आएर पैसा पठाउन थाले । यस सँगै उनको जीवनमा थप सहजता थपियो ।

छोराछोरीले पनि होटलमा सहयोग गर्ने भएपछी अहिले ७ लाख रुपैयाँ कर्जा लिएर उनले होटललाई अझ ठुलो बनाएकी छिन् । जसले गर्दा उनको आम्दानीमा राम्रो सुधार भइरहेको छ । हिजोको कठिन परिस्थितिलाई सामना गर्दै हिम्मत नहारी अनवरत मेहनत गरेर उनि आज सफल व्यवसायी भएकी छिन् । उनि भन्छन् ‘यदी तेतीबेला कालिकामा आबद्ध नभएको भए आज पनि मेरो जीवन के हुन्थ्यो होला म कल्पना पनि गर्न सक्दिन । कालिका लघुवित्तबाट कर्जा कारोवार गरी छोराछोरी पढाउन सकेको हुनाले कालिका नै मेरो जेठो छोरा हो ।’

हाल श्रीमान पनि वैदेशिक रोजगारबाट फर्केर होटल व्यवसायमै रमाएका छन् । छोरालाई उच्च शिक्षा अध्ययन गराई बैदेशिक रोजगारको लागी जापान पठाउन गुरुङ सफल भएकी छिन् । छोरीको विहे भैसकेको छ । व्यवसाय राम्रो भएकोले  दैनिकी राम्रोसँग चलिरहेको छ । 

आफ्नो घर बनाएर होटल चलाई राखेकी छिन् । होटलका साथसाथै तरकारी तथा किराना पसल पनि सँगै चलाइरहेकी छिन् । श्रीमान फुर्सदमा माछा मार्ने काम गर्छन् । यसरी स्वदेशमा नै केही गर्छु भन्नेका लागि उनि एउटल सफल उदाहरण बनेकी छिन् ।

स्वावलम्वन विकास केन्द्रबाट गएको फागुन ५ र ६ गते काठमाण्डौंमा भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा गरुङ सम्पुर्ण लघुवित्तका केन्द्र प्रमुख मध्येबाट उत्कृष्ट केन्द्र प्रमुख छनोट भई सम्मानित भएकी छिन् । यसरी लघुवित्तले ऋणी तथा सदश्यहरु सँग धेरै व्याज असुली गरेर घरवार विहिन बनाए भन्नेहरुका लागि यस्ता धेरै उदाहरण छन् । जसले बैंक वित्तीय संस्थाको पहुँच भन्दा बाहिरका नेपालीहरुलाई वित्तीय पहुँच पुर्याएको छ ।

(प्रस्तुत सामाग्री कालिका लघुवित्त वित्तीय संस्थाबाट लिइएको हो)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया