NIMB Header 2
Nepal Life

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

National Life
  • BFIS News
  • 2024 Apr 29 15:50
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।  सोमबार ० दशमलव ०७ अंकले बढेको हो। आइतबार १९८०.२७ विन्दुमा बन्द भएको बजार आज १९८०.३४ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

सोमबारको बजारमा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोड रूपैयाँले बढेको हो।

यस दिन ३१७ वटा धितोपत्रको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच भएको हो। सोमबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन पोखरा र जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७३१ रूपैयाँ ५० पैसा र ५१७ रूपैयाँ कायम भएको छ।

यस्तै, नेपाल फाइनान्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५३८ रूपैयाँ ७० पैसा पुगेको छ। पिपल्स पावरको सेयरमूल्य सर्वाधिक ६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६२९ रूपैयाँ ८० पैसा कायम भएको छ। यस्तै, इष्टर्न हाइड्रोपावरको मूल्य ३.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५२ रूपैयाँ १० पैसामा झरेको छ।

सोमबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७३१ रूपैयाँ ५० पैसामा १७ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३८ रूपैयाँ ७० पैसामा १४ करोड ७० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको भने बाँकी ९ समूहको परिसूचक घटेको छ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१७ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया