बैङ्किङ कसुर मुद्धामा जुगल गाउँपालिकाका वडा अध्यक्ष तामाङ पक्राउ

  • BFIS News
  • 2024 Apr Mon 16:48
बैङ्किङ कसुर मुद्धामा जुगल गाउँपालिकाका वडा अध्यक्ष तामाङ पक्राउ

काठमाडौं । बैङ्किङ कसुर मुद्धामा जुगल गाउँपालिका–७ याङ्लाकोटका बाहलवाला वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तामाङलाई जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फैसला कार्यान्वयन अन्तर्गत उच्च अदालत पाटनले २०७८-११-२० को फैसलामा रविलाई बैङ्किङ कसुर मुद्धामा कैद तीन दिन र ९ लाख ९० हजार रुपियाँ जरिवाना सजाय तोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।अदालतको फैसलापछि तामाङ फरार थिए । 

वैशाख १६ गते प्रहरी टोलीले बाहलवाला वडा अध्यक्ष तामाङलाई जुगल गापा–५ ढाँडेबाट पक्राउ गरी सदरमुकाम चौतारा लागि जिल्ला अदालत पेस गरेको थियो । वडा अध्यक्ष हुँदा पनि प्रहरीको फन्दाबाट तामाङ जोगिँदै आएका थिए । तर प्रहरीहरू नक्कली सेवाग्राही भेषमा पुगेर वडा अध्यक्ष तामाङलाई पक्राउ गरिएको थियो । सिन्धुपाल्चोकमा बहालवाला जनप्रतिनिधिलाई पक्राउ गरिएको यो पहिलो घटना हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया