कृति भेन्चर फण्डले आइपिओ निष्काशन गर्ने, बोनस शेयरको प्रस्ताव सहित साधारणसभा आह्वान

  • BFIS News
  • 2024 Apr Tue 05:42
कृति भेन्चर फण्डले आइपिओ निष्काशन गर्ने, बोनस शेयरको प्रस्ताव सहित साधारणसभा आह्वान

काठमाडौं । कृति भेन्चर फण्डले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । फण्डले आगामी जेठ ८ गते आह्वान गरेको सातौं वार्षिक साधारणसभामा बोनस शेयर पारित गर्नेदेखि लिएर आइपिओ निष्काशन गर्नेसम्मका प्रस्ताव राखिएका छन् ।

फण्डले गएको माघ २२ गते विशेष साधारणसभा आह्वान गर्दै प्रिमियममा आइपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । तर अहिलेसम्म फण्डले नेपाल धितोपत्र बोर्डमा कुनै प्रस्ताव अगाडी सारेको छैन । नियमित वार्षिक साधारणसभामा भने फण्डले प्रिमियम उल्लेख गरेको छैन ।

कृति भेन्चर फन्डअन्तर्गत अपर सांगे हाइड्रोपावर, हिडीखोला हाइड्रोपावर, धोवनखोला हाइड्रोपावर, क्लिन सिटी भेहिकल सर्भिस सेन्टर प्रोजेक्ट लगायतका परियोजनाहरु सञ्चालनमा छन्।

कृति भेन्चर फण्ड लिमिटेड नेपाली अर्थतन्त्रको उत्पादनशील क्षेत्रमा कम्पनी निर्माण र प्रवर्द्धन गर्नको लागि संस्थागत पुँजी निर्माण गर्न प्रवर्द्धन गरिएको लगानी कोष हो।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफर पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरु पनि पारित गर्ने प्रस्ताव रहेका छन् । यस वर्ष कम्पनीले बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । तर बोनस शेयर खुलाइएको छैन । साधारणसभामा कम्पनी गाभ्ने गाभिने सम्बन्धमा पनि विशेष प्रस्ताव लगिने भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया