United Ajod

सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Everest Bank
  • BFIS News
  • 2024 Apr Tue 10:16
सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख १८) अन्तिम दिन हो। कम्पनीले साधारणसभा प्रयोजनार्थ भोलि (वैशाख १९) देखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको थियो। बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो।

सभा वैशाख ३१ गते, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया