United Ajod

आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

Everest Bank
  • BFIS News
  • 2024 Apr Tue 11:32
आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला ४ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले मूल्य घटेको हो। सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया