Nepal Life

ग्लोबल आइएमई बैंकमा स्विस इन्भेष्टमेन्ट फन्डको १ अर्ब ३२ करोड लगानी

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 13:45
ग्लोबल आइएमई बैंकमा स्विस इन्भेष्टमेन्ट फन्डको १ अर्ब ३२ करोड लगानी
National Life

काठमाडौं । स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंकलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रूपैयाँ लगानी गर्ने भएको छ।

Shikhar
NIMB

यस सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका हुन्।

उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ।

यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ।

स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।  

नेपाल स्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत् यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया