Nepal Life

लगानीकर्ता फाइनान्स बेचेर विकास बैंक र हाइड्रोपावरमा छिरे

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 15:17
लगानीकर्ता फाइनान्स बेचेर विकास बैंक र हाइड्रोपावरमा छिरे
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुले गएका दिनमा लगातार बढ्दै आइरहेको फाइनान्स बिक्री गरेर विकास बैंक तथा हाइड्रोपावरमा प्रवेश गरेका छन् । विगत एक साताको अवधिमा फाइनान्सको सूचक १९९१ बाट बढेर २२२५ अंक पुग्यो । जवकी बजार तल्लो विन्दुमा थियो । यस क्रमम फाइनान्सबाटै लगानीकर्ताले पोर्टफेलियो बढाए । आज यहि बढेको फाइनान्सको शेयर बिक्री गरेर लगानीकर्ताहरुले विकास बैंक तथा हाइड्रोपावरको शेयर खरिद गरेका छन् ।

NIMB

यस क्रममा होटल तथा पर्यटनको सूचकमा पनि उल्लेख्य सुधार देखिएको छ । बाणिज्य बैंकको तुलनामा फाइनान्स र विकास बैंकको पूँजी धेरै तल छ । जसले गर्दा लगानीकर्ताहरुले सहजै खल्न सक्ने अवस्था छ । अधिकाम्स हाइड्रोपावरको ‘लो क्याप’ छ । दोस्रो बजारमा जति लो क्यापको कम्पनी भयो त्यति नै छिटो मूल्य बढाउन सकिने सम्भावना बढि हुन्छ । सबैभन्दा कम पूँजी भएका माइक्रोफाइनान्सलाई भने लगानीकर्ताले बढाउन सकेका छैनन् । नेपाल राष्ट्र बैंकले लगाएका कतिपय रेष्ट्रिक्सनले माइक्रोफाइनान्सको शेयर माथि जान सकेको छैन । अर्को तर्फ चालु आर्थिक वर्षको मुनाफाबाट अधिकाम्स माइक्रोफाइनान्सले लाभांश दिन सक्ने सामर्थ्यता राख्दैनन् । ५ प्रतिशत भन्दा माथि खराव कर्जा भएका कम्पनीले लाभांश वितरण गर्न नपाउने नियामकीय व्यवस्थाका कारण माइक्रोफाइनान्स आगामी वर्षमा पनि आकर्षक स्क्रिष्ट भित्र पर्दैनन् ।

बजार घट्दा पनि पोर्टफेलियो बढाउदै लगानीकर्ता

पछिल्ला दिनमा लगानीकर्ताहरु सूचक भन्दा पनि सेक्टरमा खेल्न थालेका छन् । सूचक घटिरहदा उपसूचकमा सुधार देखिने गरेको छ । गएका दिनमा फाइनान्सका शेयरधनीहरुले राम्रो पैसा कमाए । आज फाइनान्सका शेयरधनीले अधिकतम मूल्यमा शेयर बिक्री गरेर अन्य पोर्टफेलियोमा लगानी गरेका छन् । आज विकास बैंकको सूचकमा उछाल देखिएको छ । अधिकाम्स विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको सुरुवातमा फाइनान्सको सूचकमा सकारात्मक सर्किट लागेकोमा २ बजेपछि लगानीकर्ताले फाइनान्समा नाफा बुक गरेर विकास बैंक तथा उत्पादन तथा प्रशोधनमुलक कम्पनीमा लगानी गरेका छन् ।

स्मार्ट लगानीकर्ताले बढेका कम्पनीको शेयर बिक्री गर्दै तल्लो विन्दुमा रहेका कम्पनीको शेयर उठाउने गर्छन् । यस क्रममा बढेको देखेर शेयर किन्नेहरु नोक्सानमा देखिन्छन् । बाणिज्य बैंक बाहेक अन्य समुहका कम्पनीको शेयर मूल्य धेरै माथि छ । बाणिज्य बैंकको शेयरमा खेल्न नसकिने भएकाले लगानीकर्ताले क्रमिक रुपमा कम क्याप भएका कम्पनीमा पालै पालो बढाउने गरेको देखिन्छ । यसले बजारलाई चलायमान भने बनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया