Nepal Life

शेयर बजारमा उछाल सँगै यि हुन् लगानीकर्ताले सर्वाधिक धेरै रुचाएका कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 15:39
शेयर बजारमा उछाल सँगै यि हुन् लगानीकर्ताले सर्वाधिक धेरै रुचाएका कम्पनी
Sanima Reliance

काठमाडौं । मंगलबार शेयर बजारमा उछाल आउदा ४ अर्ब ८० करोडको खरिद बिक्री भएको छ । सूचक २५.९३ अंकले बढेर २००६.२८ अंक कायम हुँदा २१५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखियो । यसै क्रममा लगानीकर्ताको सर्वाधिक धेरै आकर्षण फाइनान्स र विकास बैंकमै देखिएको छ ।  

NIMB

सर्वाधिक धेरै कारोबार हुने १० कम्पनी

आज सर्वाधिक धेरै शाइन रेसुङ्गाको १८ करोड २४ लाख रुपैयाँको खरिद बिक्री भएको छ । कम्पनीको शेयर मूल्य ३९७ रुपैयाँ पुगेको छ । दोस्रो धेरै कारोबार हुनेमा पोखरा फाइनान्स परेको छ । पोखरा फाइनान्सको १७ करवड एक लाख रुपैयाँको कारोबार हुँदा शेयर मूल्य ६७९ रुपैयाँ कायम भएको छ ।

तेस्रो धेरै कारोबार रकम गुराँस फाइनान्सको १६ करोड २५ लाख रुपैयाँको हुँदा चौथो धेरै कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख रुपैयाँको खरिद बिक्री भएको छ । सर्वाधिक धेरै कारोबार हुनेमा अन्य कम्पनीहरु क्रमश नेपाल फाइनान्स १२ करोड ६० लाख, आइसिएफसी फाइनान्स १२ करोड ५७ लाख, साग्रिला डेभलपमेन्ट बैंकको १० करोड ४२ लाख, मञ्जुश्री फाइनान्सको ९ करवड ४५ लाख, समृद्धि फाइनान्सको ९ करोड १४ लाख र जानकी फाइनान्सको ९ करोड ६ लाख रुपैयाँ पुगेको छ । यसरी आज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै भएको छ । यस क्रममा ठुला लगानीकर्ताले मोटो रकम हात पारेर बिक्री गर्न सफल भएका छन् ।

सर्वाधिक धेरै बढेका १० कम्पनी

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सुधार भएको छ । बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर ४८६ रुपैयाँ कायम भएको छ । त्यस्तै इन्फिनिटी लघुवित्तको शेयरमा पनि सर्किट लागेर १०७९ रुपैयाँ कायम भएको छ । ग्रिन डेभलपमेन्टको शेयर मूल्य ८.२९ प्रतिशत, बोटलर्स नेपाल तराइको ७.६२ प्रतिशत, शाइन रेशुङ्गाको ७.२० प्रतिशत, पिपुल्स पावरको ६.३८ प्रतिशत, आरएसडिसी लघुवित्तको ६.०८ प्रतिशत, कामना सेवा विकास बैंकको ५.५८ प्रतिशत,  मेन्छियाम हाइड्रोपावरको ५.५८ प्रतिशत र मुक्तिनाथ विकास बैंकको ५.५७ प्रतिशतले सुधार भएको छ ।

यसरी बजारमा उछाल आउदा आज फाइनान्सका शेयरधनीले भने गुमाउनु परेको छ । फाइनान्स शेयर मूल्य अधिकतम सुधार भइसकेकाले पनि आज लगानीकर्ताले प्रोफिट बुक गरेका हुन् ।

नेप्से सूचक र कारोबार रकम दुबैमा सुधार सँगै शेयर बजार लयमा फर्किएको छ । लामो समयदेखि डिप्रेस बजारमा सुधारको संकेत सँगै लगानीकर्ता बजार प्रवेश गरेका छन् ।

मंगलबार नेप्से सूचक २५.९३ अंकको सुधार सँगै २००६.२८ अंक कायम भएको छ । सूचक मात्रै होइन आज कारोबार रकममा पनि व्यापक सुधार देखिएको छ । आज ४ अर्ब ८० करोडको कारोबारले लगानीकर्ता हौसिएका छन् । आजको कारोबार संस्थापक शेयरको रकमले होइन वास्तविक दोस्रो बजारका लगानीकर्ताकै कारोबारबाट बढेको हुँदा शेयर बजार सुधारको लयमा देखिएको हो ।  

बजार अन्त्यन्तै तल्लो विन्दुमा रहेकाले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु बजार प्रवेश गर्दा शेयर बजार बढेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने ‘बजार बढ्नै पर्ने थियो । अर्को कुरा बजार सधै घटिरहदैन । लगानीकर्ताका लागि यो भन्दा उपयुक्त अवसर हुनै सक्दैन ।’

तेस्रो त्रैमाशिक अवधिमा बैंक वित्तीय संस्थाको वित्तीय अवस्था कमजोर देखिएकाले बैशाख पहिलो र दोस्रो सातामा लगातार बढ्यो । यसरी बजार एकोहोरो घट्दा १९६५ अंकसम्म झर्यो । प्राविधिक विश्लेषकहरुले १९६० मा बजारमा बलियो सपोर्ट रहेको हुँदा यहिबाट फर्किने आकलन गरेका थिए । सोहि अनुरुप बजारमा सुधार पनि देखियो । यसले गर्दा पनि लगानीकर्ताहरु बजारमा प्रवेश गरेका हुन् ।

यसै सन्दर्भमा सरकारले लगानीसम्मेलन गर्यो । लगानी सम्मेलनमा सोचे अनुरुप लगानीको प्रतिवद्धता नआए पनि अन्तर्राष्ट्रिय जगतमा नेपालमा लगानीको अवसर छ है भन्ने सन्देश प्रभाव भयो । यसले गर्दा लगानीकर्तामा उत्साह थपिएको हो ।

बजार सबैभन्दा तल्लो विन्दु १९६५ बाट २२०० अंकको स्ट्रङ अवरोधसम्म पुग्दा पनि लगानीकर्ताले राम्रै कमाउने अवसर बन्छ । यसले गर्दा बजारमा साना ठुला दुबै किसिमका लगानीकर्ताको सक्रियता बढेको छ । संस्थागतदेखि लिएर ठुला लगानीकर्ताहरुले समेत कारोबार बढाउदा कारोबार रकममा आज व्यापक सुधार देखिएको छ । २ अर्ब भन्दा तल झरेको कारोबार मंगलबार ४ अर्ब नाघ्नुले पनि बजारमा अवसर छ है भन्ने सन्देश प्रवाह भएको बजार विश्लेषकहरु बताउछन् । सूचक सँगै कारोबार रकमले पनि सपोर्ट गर्दा बजारमा राम्रो सुधार देखिएको हो ।

अर्को तर्फ इलामको चुनावमा नव उदयमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले लज्जास्पद हार बेहोर्नु परेको छ । इलामको चुनावले सत्ता समिकरणमा नेकपा एमालेको आगामी भविष्य बलियो देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन २०८४ भन्दै हिड्दा नेकपा एमालेको जनाधार बलियो देखिनुले राजनीतिक बृत्तमा अर्को तरङ्ग पैदा भएको छ । नेकपा ऐमाले र माओवादीको समन्वय रहिरह्यो भने २०८४ अहिलेकै सत्ता समिकरणका लागि सहज हुने देखिएको छ । यस्तो अवस्थामा अव सरकारमा नेकपा एमालेले सकारात्मक भुमिका खेल्ने विश्लेषण गरिएको छ ।

अझै पनि सत्ता साझेदार एमालेले सरकारले भित्री रुपमा खासै सहयोग गरिरहेको थिएन । अव सरकारमा एमाले हाबी भयो भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सकारात्मक भुमिका खेल्न सक्ने विश्लेषण गरिएको छ ।

बजारमा अझै पनि शेयर धितोकर्जामा लगाइएको क्यापले ठुलो असर पुर्याएको छ । बजार बढ्दै गर्दा कारोबार रकम बढाउन ठुला लगानीकर्ताले कारोबारको सिमा हटाउनु पर्छ । यसो भयो भने बजारले अवका दिनमा सुधारको गति लिने विश्लेषकहरु बताउछन् ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउदैछ । बजेटलाई लिएर पनि लगानीकर्ताले अवको केहि दिन राम्रै हल्ला मच्चाउने छन् । यस क्रममा ठुला लगानीकर्ताले बजारबाट राम्रै पैसा बनाउने निश्चित छ ।

बजार घट्दा पनि पोर्टफेलियो बढाउदै लगानीकर्ता

पछिल्ला दिनमा लगानीकर्ताहरु सूचक भन्दा पनि सेक्टरमा खेल्न थालेका छन् । सूचक घटिरहदा उपसूचकमा सुधार देखिने गरेको छ । गएका दिनमा फाइनान्सका शेयरधनीहरुले राम्रो पैसा कमाए । आज फाइनान्सका शेयरधनीले अधिकतम मूल्यमा शेयर बिक्री गरेर अन्य पोर्टफेलियोमा लगानी गरेका छन् । आज विकास बैंकको सूचकमा उछाल देखिएको छ । अधिकाम्स विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको सुरुवातमा फाइनान्सको सूचकमा सकारात्मक सर्किट लागेकोमा २ बजेपछि लगानीकर्ताले फाइनान्समा नाफा बुक गरेर विकास बैंक तथा उत्पादन तथा प्रशोधनमुलक कम्पनीमा लगानी गरेका छन् ।

स्मार्ट लगानीकर्ताले बढेका कम्पनीको शेयर बिक्री गर्दै तल्लो विन्दुमा रहेका कम्पनीको शेयर उठाउने गर्छन् । यस क्रममा बढेको देखेर शेयर किन्नेहरु नोक्सानमा देखिन्छन् । बाणिज्य बैंक बाहेक अन्य समुहका कम्पनीको शेयर मूल्य धेरै माथि छ । बाणिज्य बैंकको शेयरमा खेल्न नसकिने भएकाले लगानीकर्ताले क्रमिक रुपमा कम क्याप भएका कम्पनीमा पालै पालो बढाउने गरेको देखिन्छ । यसले बजारलाई चलायमान भने बनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया